नयाँ वर्षमा हुन्डाइको विशेष छुट योजना, गाडी किन्दा ७ लाख रुपैयाँसम्म छुट पाइने, अरु के छ सुविधा?

बिजमाण्डू
२०७४ चैत्र ८ गते १७:१८ | Mar 22, 2018
नयाँ वर्षमा हुन्डाइको विशेष छुट योजना, गाडी किन्दा ७ लाख रुपैयाँसम्म छुट पाइने, अरु के छ सुविधा?

काठमाडौं। हुन्डाइ मोटर्सको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले बिहिबारदेखि नयाँ वर्ष लक्षित 'हुन्डाइ न्यू इयर डिलाइट' योजना सुरु गरेको छ। कम्पनीका अनुसार योजना अवधिभर ग्राहकले हुन्डाईको गाडी खरिद गर्दा ७ लाख १३ हजार रुपैयाँसम्म छुट पाउन सक्नेछन् भने गाडी एक्सचेन्ज र फाइनान्सिङको सुविधा पनि पाउनेछन्।

Tata
GBIME
Nepal Life

यो योजनाअन्तर्गत इयोन गाडी खरिदमा १ लाख ६५ हजार ९ सय रुपैयाँ छुट दिइएको छ भने स्यान्टाफे गाडी खरिदमा ७ लाख १३ हजार रुपैयाँ छुट दिइएको छ। 'न्यू इयर अफरमा क्यास डिस्काउन्ट र इन्स्योरेन्सको भ्यालु समेटिएको हुन्छ,' लक्ष्मी इन्टरकन्टिनेन्टलका बजार प्रमुख आवाशिष ओझाले भने ।

ओझाका अनुसार कम्पनीले नयाँ वर्षको उपलक्ष्यमा ग्राहकका लागि आकर्षक योजना सार्वजनिक गर्दै आएको छ। ग्राहकले हुन्डाईको गाडी खरिद गर्दा ४ वर्षको नि:शुल्क सर्भिसिङ र तीन वर्षको वारेन्टी पाउन सक्नेछन्। यो योजना मे ६ सम्म सञ्चालन हुनेछ।