एनआइसी एसियाले पनि ल्यायो अग्रिम ब्याज भुक्तानी खाता, ११% ब्याज, के के छन् सुविधा?

बिजमाण्डू
२०७४ चैत्र ८ गते १७:३६ | Mar 22, 2018
एनआइसी एसियाले पनि ल्यायो अग्रिम ब्याज भुक्तानी खाता, ११% ब्याज, के के छन् सुविधा?
काठमाडौं। एनआईसी एशिया बैंकले पनि अग्रिम रुपमा ब्याज भुक्तानी गर्ने खाता सञ्चालनमा ल्याएको छ। बैंकले खाता खोल्नेलाई त्यो रकम बराबरको ब्याज अग्रिम रुपमा भुक्तानी गर्ने छ। बैंकले ११ प्रतिशत ब्याज उपलब्ध गराउने छ।
 
बैंकले अग्रिम ब्याज भुक्तानीका साथै जति पनि रकमको खाता खोल्न सकिने सुविधा दिएको छ। बैंकले यो खाता तीन महिनादेखि एक बर्षसम्म अवधिको खोल्ने विज्ञप्तिमा जनाएको छ। 
 
व्यक्तिगत र संस्थापक दुवै निक्षेपकर्तालाई लक्षित गरि नयाँ स्किम सञ्चालनमा ल्याइएको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेले जानकारी दिए। खातामा जम्मा भएको रकमबाट जुनसुकै बेला ८० प्रतिशत सम्म पैसा ऋणका रुपमा प्रयोग गर्न सकिने छ।
 
खाता खोल्नेको पाँच लाख रुपैयाँसम्मको दुर्घटना बीमा पनि बैंकले नै गरिदिने उनले जानकारी दिए। यो खाता बैंकका १८५ वटै शाखा कार्यालयबाट खोल्न सकिन्छ। बैंकका १८५ वटा एटिएम छन्। 

Tata
GBIME
Nepal Life