भूकम्पपछि भित्रिएको एउटा इँटा उद्योग, घर सस्तो मात्रै होइन प्लाष्टर र रंग लगाउनुपर्दैन

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७४ चैत्र ८ गते १७:५१ | Mar 22, 2018
भूकम्पपछि भित्रिएको एउटा इँटा उद्योग, घर सस्तो मात्रै होइन प्लाष्टर र रंग लगाउनुपर्दैन

काठमाडौं।घर बनाउन आवश्यक इँटाको विकल्प थपिएका छन्।यही विकल्पका कारण घर निर्माण सस्तो हुँदैछ।स्वदेशमै इन्टरलक इँटा उत्पादन हुन थालेको छ।

यो इँटाको प्रयोगले घर निर्माणको लागत सस्तो पर्छ।हिमालयन ब्रिक्सले उत्पादन गरेको इँटाले घर निर्माणको लागत ३० प्रतिशतले कम हुने उद्योगका प्रवन्धक विकास गौतमले बताए।यो मलेसियाली प्रविधिबाट उत्पादन भएको इँटा हो।मलेसियाबाट पाँच करोड रुपैयाँमा मेशिन ल्याएर भक्तपुरको जगातीबाट इँटा उत्पादन सुरु भएको उद्योगका गौतमले बताए।

Tata
GBIME
Nepal Life

इँटा भूकम्प प्रतिरोधीका साथै वातावरणमैत्री समेत छ।यो इँटा लगाएपछि प्लास्टर र रंग लगाउनुपर्दैन्।०७२ साल वैशाख १२मा भूकम्प आएपछि भूकम्प प्रतिरोधी इँटा उत्पादन थालेको गौतमले बताए।इँटा आगो प्रतिरोधी र साउण्ड प्रुफ रहेको उद्योगको दाबी छ।विजुलीको वाइरिङ र प्लम्बिङका लागि पर्खाल फोर्नुपर्दैन।इँटामा रहेको इन्टरलकबाटै वाइरिङ र प्लम्बिङको काम सहज हुन्छ।

यो इँटा ७५ प्रतिशत माटो, ७.५ प्रतिशत सिमेन्ट र ५.५ प्रतिशत पानी मिसाएर कम्प्रेष्ड स्टेवलाइज्ड प्रविधिबाट तयार गरिन्छ।उद्योगले दैनिक ९ हजार ६ सय इँटा उत्पादन गर्छ।यो इँटाको मूल्य प्रति गोटा ५० रुपैयाँ पर्छ।इँटाको तौल ८ किलो हुन्छ।अरु इँटा भन्दा दुर्इ गुणा ठूलो हुन्छ।उनका अनुसार इँटाबाट जाडोमा चिसो नछिर्ने र गर्मीमा तातो नर्छिने थर्मल इन्फ्युलेशन छ।

कसरी बन्छ इँटा?
गौतमका अनुसार  तीन हजार पिएसआइ फोर्समा हाइड्रोलिक कम्प्रेस गरेर घाममा २८ दिनसम्म सुकाइन्छ।

उनले भने, 'अरु साधारण इँटा बनाउँदा भट्टामा पोल्नुपर्छ।त्यसरी इँटा पोल्दा प्रति टन दुई सय कार्बोनडाइअक्साइड निस्कन्छ। वातावरण प्रदुषण हुन्छ। हामीले इट्टा उत्पादन गर्दा कम्प्रेस गर्छौँ। सिमेन्ट र विद्युत प्रयोग हुने भएकाले अप्रत्यक्ष प्रति टन २० किलो मात्रै कार्वोनडाइअक्साइड निस्कन्छ।

निर्माण प्रक्रिया
घर तथा भवन निर्माण गर्दा डिपिसिपछि एक तह सिमेन्ट र बालुवाको घोला राखिन्छ। त्यसपछि एक तह इट्टा राखिन्छ।

प्रत्येक एक मिटरमा तीस सेन्टिमिटरको फरकमा ड्रिल गरेर रड राखिन्छ। त्यसपछि इँटामा भएका हरेक प्वालमा सिमेन्ट र बालुवाको घोला राखेर भाइब्रेटरको प्रयोग गरिन्छ।