साढे ८ करोडमा गोर्खा ब्रुअरीको पानी र वायु प्रशोधन प्लान्ट, वातावरणीय प्रभाव न्यून हुने

बिजमाण्डू
२०७४ चैत्र ८ गते १८:४३ | Mar 22, 2018
साढे ८ करोडमा गोर्खा ब्रुअरीको पानी र वायु प्रशोधन प्लान्ट, वातावरणीय प्रभाव न्यून हुने
नवलपुर। नवलपुरको गैंडाकोटमा उद्योग प्लान्ट राखेको गोर्खा ब्रुअरीले आठ करोड ५० लाख रुपैयाँ खर्च गरेर अत्याधुनीक पानी र वायु प्रशोधन प्लान्ट जडान गरेको छ।
 
स्थापना कालदेखिनै वातावरणीय प्रभाव कम गर्न विश्यव्यापी मापदण्डअनुसार वातावरणीय प्रभाव न्यूनीकरण गर्दै आएको उद्योगले क्षमता विस्तार गरेसँगै अहिले दैनिक आठ सय किलोलिटर प्रदुषित पानी प्रशोधन केन्द्रको निर्माण गरेको छ।

Tata
GBIME
Nepal Life


 

पहिले चारसय किलोलिटर मात्र प्रदुषित पानी प्रशोधन गर्ने क्षमता रहेको उद्योगमा अहिले आठ सय किलोलिटर पानी दैनिक रुपमा प्रशोधन गर्ने प्लान्ट जडान गरिएको गोर्खा ब्रुअरीले जनाएको छ।
 
यस्तो छ सरकारी मापदण्ड र ब्रुअरीको अभ्यास
वातावरणीय प्रभाव कम गर्न दैनिक रुपमा पानी परिक्षण गर्ने गरेको गोर्खा ब्रुअरीका गुणस्तर प्रमुख महेशकुमार ओझाले बताए।
 
नेपाल सरकारको मापदण्डमा उद्योगबाट निस्कने डिस्चार्ज पानीमा केमिकल अक्सिजन डिमान्ड (सिओडी)को मात्रा बढीमा २५० मिलिग्राम प्रतिलिटर हुनुपर्छ। उद्योगले सिओडीको मात्रा १०० देखि ११० मिलिग्राम प्रतिलिटरसम्म कायम गरेको छ।
 
त्यस्तै दुषित पानीमा बायोकेमिकल अक्सिजन डिमान्ड (बिओडी) को मात्रा सरकारी मापदण्डमा ३० भन्दा कम हुनुपर्छ। उद्योगले २० देखि २२ सम्म मात्रै बिओडीको मात्रा कायम गरेको छ।


 

त्यस्तै दुषित पानीमा टोटल सस्पेन्डेड सोल्युट (टिएसएस) को मात्रा १०० भन्दा कम हुनुपर्ने सरकारी मापदण्ड छ। उद्योगले ५० देखि ६० को बिचमा टिएसएसको मात्रा कायम गरेको छ।
 
त्यस्तै सरकारी मापदण्डमा प्रसोधित पानीको पावर अफ हाइड्रोजन (पिएच)  ५.९ देखि बढीमा ९ सम्म हुनुपर्छ। उद्योगले प्रसोधित पानीको पिएच ८ देखि ८.५ सम्म कायम गरेको छ।
पिएचको मात्रा नौ अंक भन्दा बढी भयो भने अल्काईन हुन्छ र ६ अंक भन्दा कम भयो भने एसिड हुन्छ। त्यसले पानीले खेतबारी तथा मानव स्वास्थ्यमा प्रत्यक्ष असर पार्छ। त्यस्तो पानी खेतबारीमा लगाउँदा खेती नहुने र मानव स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने ओझाले बताए।
 
उद्योगबाट निस्कने दुषित पानीमा डिजेल अक्सिजन (डिओ)को मात्रा १ देखि ३ हुनुपर्ने सरकारी मापदण्ड छ। उद्योगले डिओको मात्रा औषत १.५ अंकमा व्यवस्थापन गरेको छ। डिजेल अक्सिजनको मात्रा बढी भएमा पानीमा बाँच्ने जलचरलाई प्रत्यक्ष प्रभाव पार्छ।
 
वायु प्रदुषणमा पनि मापदण्ड पुरा
उद्योगबाट निस्कने पानी प्रशोधनमा ठूलो धनराशी खर्चेको उद्योगले बोईलरबाट निसकने धुवाले गर्ने वायु प्रदुषण रोक्न पनि गुणस्तरिय अभ्यास गरेको छ।


 

पाँच/पाँच टन क्षमताका दुई वटा बोइलरमा साईकोलोन, एपिएच र ब्याक फिल्टर जडान गरिएको छ। उक्त यन्त्रले वायुमा जाने कालो धुवालाई रोक्न सहयोग गर्छ। अन्य उद्योगमा जस्तो कालो धुवाको मुस्लो उद्योगबाट सोझै आकाशमा छोडिएको छैन।
 
१० बिगाहा क्षेत्रफलमा फैलिएको गोर्खा ब्रुअरीले दैनिक दुई हजार हेक्टोलिटर (दुई लाख लिटर) पेय पदार्थ उत्पादन गर्दै आएको छ। उद्योगले ६०० जना स्थानीय व्यक्तीलाई रोजगारी दिएको छ।