जलेश्वरका रतिशकुमार झाले पाए यामाहा मोटरसाइकल खरिदमा ५० प्रतिशत क्यास ब्याक

बिजमाण्डू
२०७४ चैत्र ८ गते १९:३१ | Mar 22, 2018
जलेश्वरका रतिशकुमार झाले पाए यामाहा मोटरसाइकल खरिदमा ५० प्रतिशत क्यास ब्याक
काठमाडौं। जलेश्वरका रतिशकुमार झाले यामाहा मोटरसाइकल खरिदमा ५० प्रतिशत क्यास ब्याक पाएका छन्।

Tata
GBIME
Nepal Life

स्क्रयाच कार्डमार्फत उनले पहिलो पटक पाँचहजार, दोस्रो पटक एयर फिल्टर, तेस्रो पटक कप चौथो पटक पर्फ्युम हात पारेका थिए। अन्तिम स्क्र्याचमा उनले ५० प्रतिशत क्यास ब्याक प्राप्त गरेका थिए। 
 

 यामाहाले चैत सुरुदेखि आफ्ना ग्राहकका लागि नयाँ वर्षको स्किम ल्याएको थियो।

‘आमन्त्रण’ नाम रहेको यो योजनामा यामाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले एउटा स्क्र्याच बुक पाउनेछन्।

जसमा ग्राहकले पाँच हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म ‘स्योर सट डिस्काउन्ट’ र १०० प्रतिशतसम्म ‘क्यास ब्याक’ पाउनेछन्। यामाहाको नयाँ वर्ष योजना चैत १ बाट ३१ बैशाखसम्म चल्नेछ ।