कमोडिटी फ्युचर एक्सचेन्जले दियो धितोपत्र बोर्डमा निवेदन, ६० करोड चुक्ता पुँजी, ४२ जना शेयरधनी

बिजमाण्डू
२०७४ चैत्र ८ गते १९:४३ | Mar 22, 2018
काठमाडौं। कमोडिटी फ्युचर एक्सचेन्जले कमोडिटी मार्केट सञ्चालनको अनुमतिपत्र माग गर्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। ६० करोड रुपैयाँ चुक्ता पुँजीमा कमोडिटी मार्केट सञ्चालन गर्ने उद्देश्यसहित कम्पनीले बोर्डमा निवेदन दिएको हो। 
 
कमोडिटी फ्युचर एक्सचेन्जमा हालका सात र नयाँ थपिएका ३५ जना गरी ४२ जना सञ्चालक हुनेछन्। यसमा वर्तमान लगानीकर्ता कृष्ण गिरीसहित जलविद्युत क्षेत्रका लगानीकर्ताले लगानी गर्नेछन्। पुरानो कानुनी व्यवस्था अनुसार सन् २०११ मा नै यो कम्पनी स्थापना भएको भए पनि वस्तु तथा विनिमय बजार ऐन २०७३ को व्यवस्थाअनुसार फेरि दर्ताको प्रक्रियामा अघि बढेका हुन्। 
 
नयाँ व्यवस्थाअनुसार चुक्ता पुँजी ५० करोड रुपैयाँ हुनुपर्छ। यस्तै एकजना शेयरधनीले ५ प्रतिशतभन्दा धेरै शेयर स्वामित्व लिन पाउँदैन। 

Tata
GBIME
Nepal Life