नागरिक लगानीकोषको दुर्इ वर्षअघिको नाफाबाट २२% बोनस शेयर, गतवर्षको साधारणसभा कहिले?

बिजमाण्डू
२०७४ चैत्र ९ गते १०:३४ | Mar 23, 2018

काठमाडौं। नागरिक लगानी कोषले २२ औं वार्षिक साधारणसभा बैशाख ७ गते डाकेको छ। कोषले आर्थिक वर्ष २०७२/०७३ को नाफाबाट २२ प्रतिशत बोनस शेयर र १.१५ प्रतिशत कर प्रयोजनकालागि नगद लाभांश दिने भएको छ।

Tata
GBIME
Nepal Life

कोषले साधारणसभा प्रयोजनको लागि चैत २२ देखि बैशाख ७ गतेसम्म बुक क्लोज गर्ने भएको छ।

कोषले गत भदौ ११ गते मात्रै २१ औ वार्षिक साधारणसभा गरेको थियो जसले २३ प्रतिशत लाभांश पारित गरेको थियो। साथै कोषले अझै आर्थिक वर्ष २०७३/७४ को वार्षिक साधारणसभा गर्न बाँकी छ।

कोषले निरन्तर रुपमा लाभांश दिँदै आए पनि समयमै वार्षिक साधारणसभा भने सम्पन्न गर्न सकेको छैन।

कोषले विगत पाँच वर्षदेखि वितरण गर्दै आएको लाभांश यस्तो छ

आर्थिक वर्ष बोनस शेयर नगद लाभांश जम्मा लाभांश
2072/2073 22 1.15 23.15
2071/2072 21.85 1.15 23
2070/2071 35 6.84 41.84
2069/2070 50 2.63 52.63
2068/2069 38.89 0 38.89