कर्मचारीको क्षमतामा प्रश्न उठाउने ठाउँ छ, स्ट्यान्डर्ड चार्टर्डका गोरख राणाको अन्तर्वार्ता

बिजमाण्डू
२०७४ चैत्र १२ गते १०:०१ | Mar 26, 2018
कर्मचारीको क्षमतामा प्रश्न उठाउने ठाउँ छ, स्ट्यान्डर्ड चार्टर्डका गोरख राणाको अन्तर्वार्ता
दुई दशक अघि राणा र शाह खानदानका तीन जना 'हाइप्रोफाइल' सिद्धार्थ शम्सेर जवरा, गोरख शम्शेर जवरा र अनिल शाहले एक साथ ग्रिनलेज बैंकबाट बैंकिङ क्यारिअर सुरु गरेका थिए। ग्रिनलेजमा केही वर्ष काम गरेपछि सिद्धार्थ पिता प्रभाकरले सुरु गरेको सिप्रदीको बिजनेश सम्हाल्न पुगे। अनिल शाह नबिल बैंक आए, उनले त्यहींको व्यवस्थापनमा ठूलो फड्को हानेर एक कार्यकाल सिइओ पद खाए। नबिलबाट मेगा बैंकको सिईओ हुँदै उनी अहिले फेरी नबिल बैंकमै आइपुगेका छन्। ग्रिनलेज हुँदै बैंक स्ट्याण्डर्ड चार्टड बनिसक्दा पनि गोरख भने त्यहीं कार्यरत छन्। अमेरिकाबाट एमबिए गरेका गोरख अहिले चार्टर्ड बैंकमा ग्लोबल तथा कमर्सियल बैंकिङका हेड छन्। बिजमाण्डूका सम्पादक विज्ञान अधिकारी र सहकर्मी सुदर्शन सापकोटाको गोरखलाई प्रश्न, अरु सबै बैंकहरु एग्रिसिभ बन्दै जाँदा नेपालमा चार्टर्ड बैंक चैँ खुम्चिँदै गएको हो? 

मर्जर भनेको धेरै सजिलो पनि छैन। मर्जर सफल भएको विश्वमा हेर्दा १० प्रतिशत मात्र छ। यसले गाह्रो छ भन्ने देखाउँछ। नेपालमा भने मर्जर सफल नै देखिएको छ- संख्या घटेका हिसावले। तर काम गर्नेहरु बीचको मर्जर बारे कुरा सुन्दा अर्कै कुरा सुनिन्छ। जे गरे पनि सोच बिचार गरेर गर्दा राम्रो हुन्छ। 
बैंकको क्षमता २ अर्बबाट ८ अर्ब रुपैयाँ पुगिसकेको छ। आकार बढेका हिसावले स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई ब्यापार बढाउन कत्तिको सहज छ? किनभने बैंकको पुरानो 'ट्रेण्ड'ले बैंक एग्रेसिभ छैन भन्ने नै देखिन्छ। 
यसलाई हेर्ने दुई वटा तरिका छन्। हामीले हेर्ने भनेको पूँजी कोष अनुपात हो, त्यसमा हामी माथि नै थियौं। चुक्ता पूँजी नै बढाउनु पर्ने कुरा आएपछि स्वभाविक रुपमा हाम्रो पूँजी कोष अनुपात अझ बढ्ने भयो। त्यो हिसावले हेर्दा अब हामीले पूँजी परिचालन गर्नु पर्ने देखिन्छ। पूँजीलाई धेरैभन्दा धेरै काम दिनुपर्छ, यसमा व्यापार बढाउनु बाहेक अर्को विकल्प हामीसँग छैन।
 
हाम्रोमा व्यापार बढाउने बिषयसँग जोडिएर आउने भनेको शाखा सञ्जाल विस्तार पनि हो। तर बैंक भने सञ्जाल विस्तारका हिसावले खुम्चिँदै गएको छ। यसलाई कसरी बुझ्ने हामीले?
यसलाई हामीले अलिक फरक तरिकाले हेर्नु पर्छ। प्रत्येक बैंकको जोखिम बहन गर्ने क्षमता फरक फरक हुन्छन्। जोखिम बहन गर्न सक्ने हिसावले उपलब्ध हुने बजारलाई के कस्तो सेवा चाहिन्छ? के कस्तो प्रोडक्टस् ल्याउनुपर्छ भन्ने आधारबाट हामीले हेर्नु पर्छ। हामीले त्यही दिशामा काम गरिरहेका छौं। यस मानेमा हामी केही फरक छौं ।
 
जुन हिसाबले पूँजी बढेको छ, त्यो पूँजीको  हिसावमा जुन प्रतिफल दिनुपर्ने छ। त्यो सानो सञ्जालमा काम गरेर सम्भव छ?
हामी हाम्रो रणनीति अनुसार लक्ष्य निर्धारण गरेर काम गरिरहेका छौं। पूर्वाधारसँग सम्बन्धित क्षेत्रमा हाम्रा योजनाहरु छन् I स्ट्यान्डर्ड चार्टर्ड बैंकको दक्षताको भरपुर उपयोग गर्ने गरी जलविद्युत, हवाई सेवा, कमर्सियल रियलस्टेट अन्तर्गत होटेल लगायतमा लगानी बढाउने योजनाको हामीले अहिले मूल्यांकन गरिरहेका छौI यी क्षेत्रहरुमा हाम्रो राम्रो दख्खल छ र बजार परिपक्व भएको खण्डमा हामी यी क्षेत्रहरुमा राम्रोसँग अगाडि बढ्न सक्छौं।

मलाई तलबाट माथि आउन धेरै बर्ष लाग्यो। २० बर्ष काम गरेपछि म  अहिले यो पोजिसनमा छु। तर यहाँ त धेरै चाँडो मान्छेहरु माथि पुगेको देखिन्छ। बैंकिङ प्राविधिक कुरा भएकाले यहाँ अनुभवको महत्व धेरै हुन्छ। 
रिटेल बैंकिङ सुरु गरेको जस तपाईहरुलाई जान्छ। अहिले पनि बैंकले राम्रो अफर दिइरहेको छ। तर खुम्चिँदैछ पनि छ। अब हामी यो कुराबाट अलग हुँदै जान खोजेको हो?
पक्कै पनि होइन,  रिटेल त हाम्रो स्ट्रेन्थ हो नेपालमा। रिटेलमा हामीले अझै पनि केही कुरामा लीड गरिरहेका छौं। रिटेलको भोल्युम हाम्रो बढेको छ। शाखाका कारण मात्र बिजनेस बढ्ने, त्यसमा पनि रिटेल वृद्धि हुने भन्ने होइन। यसमा हामी शाखाबाट भन्दा पनि डिजिटल माध्यमबाट जान खोजिरहेका छौं।
 
अनि हामीले शाखा चै किन घटाइरहेको?
शाखा घटाएका छैनौं। मात्र विस्तार नगरेको हो। मेरो विचारमा कसरी राम्रोसँग दिगो रुपमा काम गर्न सकिन्छ त्यो गर्ने हो। सबैको आ-आफ्नो दक्षता हुन्छ। हामीले हेर्दाखेरी शाखाभन्दा पनि प्रविधिलाई लिएर अगाडि बढ्ने भन्ने हो। पूर्ण रुपमा डिजिटललाइज्ड भएपछि शाखाको आवश्यकता पर्छ भन्ने हुँदैन। हामी त्यसमा अहिले धेरै काम गरिरहेका छौं। 
 
अहिले ठूलो ग्राहक समूह कम्प्युटरबाट कारोबार गर्न अभ्यस्त हुन थालेका छन्। त्यस्तै केही ग्राहकहरु शाखामै गएर कारोबार गर्न रुचाउने पनि छन्। हामीले त्यो ह्याविट पनि परिवर्तन गर्दै जानु पर्छ। डिजिटलमा गएपछि धेरै कुरा पारदर्शी हुन्छ। यसका फाइदाहरु धेरै छन्। लाइन लागेर चेक साट्नु परेन। धेरै कुरा अनलाइनबाट गर्न सकिन्छ। हामी ग्लोबल रुपमा गरिरहेको कामलाई यहाँ एडप्ट गरिरहेका छौं। चेक अब कति वटा लेख्ने? त्यही चिज डिजिटल्ली गर्यो भने धेरै चाँडो हुन्छ। डिजिटलको फाइदा हामी बजारमा बुझाउँदै छौं। मान्छेहरुको चासो पनि बढ्न थालेको छ।
 
अब राजनीतिक स्थिरता आएको छ। यसको अर्थ हो हामीसँग धेरै आयोजनाहरु आउँछन्। जलविद्युतदेखि एभिएसन ठूलो हुँदैछ। तपाईले कस्तो देखिरहनु भएको छ?
जस्तोसुकै बैंकिङ सेवा दिन हामी तयार छौं। हामीसँग त्यो क्षमता र अनुभव पनि छ। जोखिमको प्यारामिटरहरु भित्र रहेर हामी काम गर्ने हो। ती क्षेत्रमा हामी धेरै प्रतिस्पर्धी छौं। अरु बैंकहरुले पनि जोखिम मूल्यांकन गरेर अगाडि बढे भने राम्रो हुन्छ। अबका दिनमा लगानीका लागि पक्कै पनि राम्रो स्पेस बन्ने छ भन्नेमा म सहमत छु। र त्यसका लागि हामी तयार पनि छौं। 

इमान्दार भएर भन्दा संख्या बढे पनि कर्मचारीको क्षमता बढेजस्तो मलाई लाग्दैन। किनभने बैंकहरु धेरै आए। धेरै शाखाहरु खोलियो। हामीले देख्दादेख्दै धेरै जुनियर मान्छेहरु पनि कर्मचारी अभावका कारण चाँडै माथिल्लो ब्यवस्थापनमा पुगेका छन्। 
जुन सम्भावनाको कुरा हामीले गरिरेका छौं। त्यसका लागि ठूलो पैसा लगानी गर्नु पर्ने हुनसक्छ। आजको दिनमा बैंकिङ हेर्ने हो भने 'लोनएवल फन्ड' धेरै बैंकसँग छैन। तपाईहरुले त्यो 'ग्याप' लाई पुरा गर्ने सम्भावनाहरु कतिको रहन्छ?
अहिले जुन 'लोनएवल फन्ड' अभावको कुरा छ, त्यो अभाव नेपाली मुद्राको निक्षेपमा मात्र हो। ब्यालेन्ससीटमा भएको विदेशी मुद्रालाई नेपाली रुपैयाँ जस्तो सहज रुपमा उपयोग गर्ने व्यवस्था छैन। त्यो संबोधन भएमा देशलाई पनि फाइदा हुन्छ, कर्पोरेटलाई पनि फाइदा हुन्छ। उनीहरुले डलरमै पनि ऋण लिन सक्छन्। बिदेशी मुद्रामा जोखिम विनिमय दरको हुन सक्छ, यसलाई पनि हेजिङ गरेर जाँदा संबोधन गर्न सकिन्छ। बाहिरको लगानीकर्तालाई देशमा लगानी गराउनलाई 'कन्ट्री रिक्स' रेटिङ राम्रो हुनु आवश्यक छ। अहिलेकै अवस्थामा, उनीहरुको प्रिमियम चार्ज महँगो हुन्छ, त्यसले गर्दा देशलाई नै घाटा हुन्छ। त्यस बारेमा पनि सोच्नु पर्छ। 
 
चार्टर्डले हाम्रो बाँकी बैंकहरुको पनि प्रतितपत्र (एलसी) लगायत हेर्छ। त्यतातिरको जोखिम चै कस्तो देखिन्छ?
आयात बढेको छ, निर्यात धेरै कम छ। राष्ट्र बैंकको तथ्यांकमै देखिन्छ यो कुरा। जोखिमको हिसावबाट हेर्दा मेरो विचारमा तपाईले डलर करेन्सी छुनु हुन्छ भने अमेरिकाको नियम पालना गर्नु पर्छ, यो साधारण कुरा हो। उनीहरुको नीतिगत कुराहरु सबै हामीले पालना गर्नै पर्छ। एन्टी मनि लन्ड्रिङ, टेरोरिस्ट फाइनान्सिङजस्ता जति पनि नियम छन् सबै हामीले पालना गर्नु पर्छ। यो कुरा सबैले राम्रोसँग बुझ्नु पर्छ।
 
कम्प्लायन्समा कस्तो देखिन्छन् नेपाली बैंक?
सुधार भइरहेको छ। केही बैंकहरुको जोखिम केही बढी नै देखिन्छ। एएमएल कम्प्लायन्सलाई राष्ट्र बैंकले पनि कडाइ गरेको छ। यसमा हामीले पनि कमजोरी गर्न मिल्दैन। यहाँका बैंकहरुले कमजोरी गरे भने बैंकिङ क्षेत्रमा नै समस्या पर्ने अवस्था हुन्छ। त्यही भएर हामी निकै सचेत भएर काम गरिरहेका हुन्छौं। १५/१६ बर्ष भइसक्यो यस बारेमा नियमहरु आएको, कम्प्लायन्स लेभल बढिरहेको छ। देशको पनि एफएटिएफको रिभ्यु आउँदैछ, त्यसले पनि अझै धेरै कुरा गर्छ। एफएटिएफको रिभ्युसँगै धेरै बैंकहरुको कम्प्लायन्स राम्रो होस् भन्ने हाम्रो चाहना हो । राष्ट्र बैंकले पनि यस सम्बन्धमा धेरै राम्रो गरिरहेको छ। १९ नम्बर निर्देशनले धेरै कुरा समेटेको छ। 
 
तर हामीले राष्ट्र बैंकको रिपोर्ट हेर्दा जति पनि बैंकले एसटिआर रिपोर्ट गरेको छ त्यहाँ चै कारवाही नहुने जस्तो देखिन्छ? कारवाही गर्ने निकायले पनि काम नगर्दा जोखिम अझै बढ्ने हुनसक्छ?
यस्तो हुँदा पक्कै पनि जोखिमको मात्रा उच्च भएर जान्छ। हामीजस्तो मुलुकले यसमा निकै सावधानी अपनाउनु पर्छ। त्यस्तो कुराहरु मनिटर हुन्छ। यसले नेपालको कम्प्लायन्सको बारेमा पक्कै पनि धेरै कुरा गर्छ नै।

अब हाम्रै साथीहरु धेरै ठाउँमा गएका छन्। बैंकहरुलाई राष्ट्र बैकको यस सम्बन्धमा गाइडलाइन छ। संस्थाहरुले कसरी अब त्यसलाई लिएको छ, त्यसमा भर पर्छ। त्यस्तो केस आएमा समग्र बैंकिङ क्षेत्रलाई नै पक्कै गाह्रो हुन्छ। हामी अलिक धेरै छरिएका छौं त्यसो हुँदा सञ्चालन जोखिम केही बढी छ जस्तो देखिन्छ।
एससिबी ग्रुपले चै यसलाई कसरी हेर्छ?
हामी यसलाई एकदमै गम्भिर रुपमा हेर्छौं। हामीले कम्प्ल्यान्समा यहाँको नीति/नियम त पालन गर्नै पर्छ, चार्टर्ड ग्रुपको पनि पालना गर्नु पर्छ। इस्यु आयो तर त्यसको संबोधन भएन भने त्यसले निश्चय नै राम्रो संदेश दिँदैन। 
 
यो कुराको जोखिम मूल्यांकन गर्दा यसले हामीलाई कति असर गर्न सक्छ?
नियम/कानुन कार्यान्वयन गर्ने निकायहरु गठन भएका छन्। पक्कै पनि बुझेर नै नियम/कानुन ल्याइएको हो। त्यसमा देशलाई वाधा नपर्ने गरेर इन्फोर्समेन्टमा बिचार गरे त्यो देशको हितमा नै हुन्छ। 
 
तीन बर्षको ट्रेण्ड हेरौं। तरलता  धेरै हुने वा एकदमै कम हुने देखिन्छ। कहाँ कुरा नमिलेको देख्नु हुन्छ?
ब्यालेन्सीटमा मिसम्याच अलिक धेरै जस्तो देखिन्छ। मानौं तपाईको स्रोत अल्पकालीन छ। त्यो चिज तपाईले लामो अवधिका लागि लगानी गरिरहनु भएको छ। यसले कस्तो नतिजा दिन्छ भन्ने अनुमान सजिलै लगाउन सकिन्छ। अर्को भनेको सरकारी कोषमा रकम जम्मा भयो भन्ने हो, त्यो बाहिर आउन सकेन। यसले पनि केही समस्या निम्त्याएको हो। यसलाई ट्याकल गर्ने भनेको प्रत्यक्ष बैदेशिक लगानी (एफडिआइ) र बाहिरको स्रोतबाट हो। अहिले रेमिटेन्सको वृद्धि केही घटेको छ। बैंकहरुले पनि अलिक आक्रामक लगानी गरेका छन्। त्यसो हुँदा केही समस्या आएको हो।
 
के हुन्छ त समाधान? ऋण लगानी त बन्द छ।
बैंकहरुले चाहिएजति लगानी गर्न सकेका छैनन्। अर्थ मन्त्रालय र राष्ट्र बैंक मिलेर समाधानको खोजी भइरहेको हामीले सुनेका छौं। बैंकहरुले पनि आफ्नो ब्यवहार परिवर्तन गर्नु पर्छ। केही समस्या त बैंकहरुकै कारणले आएको हो, पूँजीको स्रोत महँगो भएको छ- यसमा बैंकहरुको पनि केही हात छ। 
 
यहाँ त प्रेडिक्सन नै भएन नि!
त्यो पक्का हो। राष्ट्र बैंकले ब्याज दर करिडोर भनेर ल्याएको छ त्यसको म फ्यान नै हो। बैंकहरुको दायित्वको स्रोत जुन छ, त्यसको दर धेरै माथि छ। बचतमा ८ प्रतिशत ब्याज छ। नीतिगत दरले धेरै कुरा गाइड हुनु पर्ने हो। राष्ट्र बैंकले अन्तर बैंक दरका आधारमा अहिले करिडोरलाई डोर्याउन खोजेको छ। यो एकदमै राम्रो अवधारणा हो। यसले गर्दा बैंकहरुलाई फाइदा पनि भएको छ। तर बजारको दरसँग जोडिनु पर्छ भन्ने कुरामा बैंकहरुले पनि आफूलाई संयमित राख्दा राम्रो हुने थियो। मुद्रा बजार दरलाई निर्देशित गर्न अहिले यसले राम्रो काम गरिरहेको छ। बिस्तारै परिस्कृनत भएर बजारलाई पनि यसले डोर्याउन सक्छ।

यहाँका बैंकहरुले कमजोरी गरे भने बैंकिङ क्षेत्रमा नै समस्या पर्ने अवस्था हुन्छ। त्यही भएर हामी निकै सचेत भएर काम गरिरहेका हुन्छौं। १५/१६ बर्ष भइसक्यो यस बारेमा नियमहरु आएको, कम्प्लायन्स लेभल बढिरहेको छ। देशको पनि एफएटिएफको रिभ्यु आउँदैछ, त्यसले पनि अझै धेरै कुरा गर्छ। 
बजार दरलाई स्टेबल बनाउनका लागि रिपो/रिभर्स रिपोसँग टाइअप गराउन सकिन्थ्यो होला कि!
यसमा बिचार गर्न सकिन्छ। भर्खर त सुरुवात भएको छ। बजार अझ परिस्कृत हुन्छ। करिडोरमा थप परिपक्वता आउँदै जान्छ। त्यो कुरालाई पनि समेट्न सकिन्छ।राष्ट्र बैंकले केही न केही सोचेको हुनु पर्छ। आखिरमा बजारको ब्याज दरलाई स्थीर बनाउनु पर्छ भन्ने कुरामा राष्ट्र बैंक सहमत छ। 
 
भारतमा पिएनबीको ठूलो केस आयो। नेपालमै पनि स्वीफ्टमा एनआइसी एसियामा समस्या देखियो। नेपाली बैंकहरुलाई पनि सेवा दिइरहनु भएका हिसावले नेपाली बैंकहरु यस्ता जोखिमको सामना गर्ने कतिको क्षमता राख्छन्?
सञ्चालन जोखिम अहिले पक्कै बढेर गएको छ। बैंकहरु यसका लागि चेक एण्ड ब्यालेन्स गरेर अगाडि बढेका होलान्, यसमा गर्नै पर्छ पनि। अब उनीहरुले सञ्चालन जोखिमलाई कसरी परिभाषित गरिरहेका छन् भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ। 
 
त्यस्ता समस्याहरुलाई हेन्डल गर्न क्यापसिटी हाम्रा बैंकहरुसँग छ?
अब हाम्रै साथीहरु धेरै ठाउँमा गएका छन्। बैंकहरुलाई राष्ट्र बैकको यस सम्बन्धमा गाइडलाइन छ। संस्थाहरुले कसरी अब त्यसलाई लिएको छ, त्यसमा भर पर्छ। त्यस्तो केस आएमा समग्र बैंकिङ क्षेत्रलाई नै पक्कै गाह्रो हुन्छ। हामी अलिक धेरै छरिएका छौं त्यसो हुँदा सञ्चालन जोखिम केही बढी छ जस्तो देखिन्छ।
 
नेपालको बैंकिङ क्षेत्रमा रहेका जनशक्तिलाई कसरी हेर्नु हुन्छ? खासगरी तल्लो तहदेखि माथिल्लो तहसम्म क्षमता बढेको देख्नु हुन्छ? 
इमान्दार भएर भन्दा संख्या बढे पनि कर्मचारीको क्षमता बढेजस्तो मलाई लाग्दैन। किनभने बैंकहरु धेरै आए। धेरै शाखाहरु खोलियो। हामीले देख्दादेख्दै धेरै जुनियर मान्छेहरु पनि कर्मचारी अभावका कारण चाँडै माथिल्लो ब्यवस्थापनमा पुगेका छन्। जनशक्तिमा अप्राकृतिक वृद्धि भएको छ। त्यसैले क्षमता जति हुनु पर्ने हो त्यसको लागि उनीहरुले अनुभव आर्जन गर्न पाएका छैनन् भन्ने लाग्छ मलाई। जनशक्तिको जति आवश्यकता पर्थ्यो त्यो परिपूर्ति अनुभव नभइ गरियो। त्यसैले क्षमतामा अझै पनि   हामीले प्रश्न उठाउने ठाउँ छ।
 
दोस्रो पुस्ताका मान्छेहरु अहिले बैंकका प्रमुख भएका छन्। राम्रै हाँकेको पनि देखिन्छ?
मलाई तलबाट माथि आउन धेरै बर्ष लाग्यो। २० बर्ष काम गरेपछि म  अहिले यो पोजिसनमा छु। तर यहाँ त धेरै चाँडो मान्छेहरु माथि पुगेको देखिन्छ। बैंकिङ प्राविधिक कुरा भएकाले यहाँ अनुभवको महत्व धेरै हुन्छ। 
 
नेपालमा धेरै बैंक भए भन्ने कुरा बारम्बार आउँछ। तपाईहरुलाई के लाग्छ यस बारेमा?
मलाई पनि धेरै नै भए भन्ने लाग्छ। 
 
वाध्यात्मक मर्जरमा जानै पर्ने बेला आएको हो?
संख्या धेरै छ। बाणिज्य बैंकलाई मात्र नहेरौं, विकास बैंक र फाइनान्स पनि छन्। अर्थतन्त्रको आकार र बैंकको संख्याबीच त तालमेल मिल्नु पर्यो नि। अर्थतन्त्र २५ सय अर्बको छ। तर संख्या धेरै छ। त्यसका लागि त केही न केही नीतिगत व्यवस्था गर्न आवश्यक नै हुन्छ। मर्जर भनेको धेरै सजिलो पनि छैन। मर्जर सफल भएको विश्वमा हेर्दा १० प्रतिशत मात्र छ। यसले गाह्रो छ भन्ने देखाउँछ। नेपालमा भने मर्जर सफल नै देखिएको छ- संख्या घटेका हिसावले। तर काम गर्नेहरु बीचको मर्जर बारे कुरा सुन्दा अर्कै कुरा सुनिन्छ। जे गरे पनि सोच बिचार गरेर गर्दा राम्रो हुन्छ। 

Tata
GBIME
Nepal Life