निजीकरण नीतिप्रति ब्याक ट्रयाकको संकेत, ‘लहडका आधारमा सार्वजनिक संस्थान निजीकरण गरियो’

बिजमाण्डू
२०७४ चैत्र १६ गते १५:३२ | Mar 30, 2018

काठमाडौं।सरकारले सार्वजनिक संस्थान निजीकरण नीतिप्रति ब्याकट्रयाक हुने संकेत गर्दै विगतमा लहडका आधारमा निजीकरण गरेको आरोप लगाएको छ।

Tata
GBIME
Nepal Life

सरकारले शुक्रबार सार्वजनिक गरेको श्वेतपत्रमा निजीकरणको अभ्यास मूलत असफल देखिएको भन्दै विगतमा अध्ययन र आवश्यकतामा नभर्इ लहडका आधारमा  गरिएको उल्लेख छ।निजीकरण गरिएका संस्था निजीकरणको उद्देश्य अनुरुप सञ्चालन हुन नसक्दा सेवा, उत्पादन र रोजगारी अभिवृद्धि हुन नसकेको श्वेतपत्रमा उल्लेख छ।

निजीकरणको लागि अवलम्बन गरिएका तरिका (मोडालीटी), मूल्याङ्कन (भ्यालुएसन) र प्रक्रिया(प्रोसेस) यथार्थतामा आधारित भएको श्वेतपत्रमा उल्लेख छ। लिजमा दिइएका सार्वजनिक संस्थानको भाडा रकम प्रचलित बजार दरभन्दा निकै कम रहेको उल्लेख गर्दै सम्पत्ति र व्यवसाय हस्तान्तरण गर्दा नेपाल सरकार र निजी लगानीकर्ताहरुबीच भएका सम्झौताको कार्यान्वयन हुन सकेको नसकेको श्वेतपत्रमा उल्लेख छ।