आईसिआईसिआई बैंककी सिइओ चन्दा कोचरको भिडियोकोन कनेक्सन, सिबिआईले अनुसन्धान थाल्यो

बिजमाण्डू
२०७४ चैत्र १८ गते १६:३६ | Apr 1, 2018
आईसिआईसिआई बैंककी सिइओ चन्दा कोचरको भिडियोकोन कनेक्सन, सिबिआईले अनुसन्धान थाल्यो
नयाँ दिल्ली। भारतको सबैभन्दा ठूलो निजी क्षेत्रको बैंक आईसिआईसिआईकी एमडी तथा सिइओ चन्दा कोचर यतिबेला ठूलो बिवादको घेरामा छिन्।
 
बैंकले सन् २०१२ मा प्रवाह गरेको एक ऋणले सिइओ चन्दा कोचरका श्रीमान् तथा उनको परिवारलाई ठूलो लाभ प्राप्त भएको भन्दै सेन्ट्रल ब्यूरो अफ इन्भेस्टिगेसन सिबिआईले अनुसन्धान थालेपछि यो प्रकरणले भारतको बैंकिङ सेक्टरमा भुँइचालो गएको छ।
 
पञ्जब नेशनल बैंक, एस बैंकको घोटालापछि आइसिआइसिआइ बैंक ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ मा तानिएको हो। 

 ६५ वर्षकी चन्दा कोचरले सन् १९८४ मा यो बैंक ज्वाइन गरेकी थिइन्। उनले गरेको कामहरुको सम्मान गर्दै सन् २०११ मा भारत सरकारले उनलाई पद्मभूषणले सम्मानित गरिसकेको छ। उनी फोर्ब्सको विश्वकै १ सय प्रभावशाली महिलाहरुको सूचिमा सात पटक परिसकेकी छिन्। भारतको बित्तीय तथा बैंकिङ क्षेत्रमा चन्दालाई प्रभावशाली महिलाको रुपमा लिइन्छ। 
आइसिआइसिआइ बैंकको संचालक समितिले भने चन्दा कोचरको पक्ष लिँदै बिज्ञप्ती जारी गरेको छ। बैंकका अध्यक्ष एमके शर्माले चन्दा कोचर तत्कालिन ऋण कमिटीको सदस्य रहेको भएपनि उनले ऋण प्रवाह गर्दा कुनै पनि किसिमको लाभ नलिएको दावी गरेका छन्।
 
बैंकले बिज्ञप्ती जारी गर्दै चन्दामाथि बैंकको संचालक समितिको पूर्ण विश्वास रहेको तथा बैंक तथा कोचरको छवि धमिल्याउनका लागि यस्तो  हल्ला चलाइएको दावी गरेको छ।
 
बैंकले ऋणमा सहमति दिनका लागि भएका प्रक्रियाको आन्तरिक समीक्षा भएको र त्यसमा खोट लगाउने ठाउँ नभएको भन्दै चन्दाको बचाउ गरेको छ। 
 
बैंकले भिडियोकोनलाई दिएको ऋणको मुख्य ऋणदाता आफू नभएको पनि स्पष्ट पारेको छ। बिभिन्न बैंकहरुले सहमतिमै दिएको कुल ऋणको सानो हिस्सा मात्र आफ्नो बैंकले प्रवाह गरेको बैंकको भनाई छ। 
 
ऋण दिएको समयमा भिडियोकोन कम्पनी न्यूपावर रिन्यूएवल्समा इन्भेष्टर नभएको तथा रिन्यूएबल इनर्जी कम्पनीको बैंकसँग कुनै पनि किसिमको ‘एरेन्जमेन्ट’ नभएको बैंकले जारी गरेको बिज्ञप्तीमा भनिएको छ।
 
बैंकको बोर्डले यसलाई ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ का रुपमा नलिएको भन्दै कर्जा कमिटीमा सिइओ चन्दा प्रमुखका रुपमा नरहेको र यस कमिटीमा अन्य स्वतन्त्र डाइरेक्टरहरु पनि सहभागी रहेको भन्दै बैंकले पहिले नै अन्य बैंकहरुबीच सहमति कायम भइ कर्जा प्रवाह गरेको बताएको छ। 

प्रारम्भिक जाँचमा सिबिआइले भिडियोकोन कम्पनीलाई बैंकबाट ऋण दिएपछि दिपक कोचरको कम्पनीले करोडौं रुपैयाँबराबरको लाभ लिए नलिएको बारे अध्ययन गरिरहेको छ। धुतले भिडियोकोन कम्पनीमार्फत सन् २०१२ मा आईसिआईसिआई बैंकबाट ३,२५० करोड भारु ऋण लिएका थिए।
के हो प्रकरण
आईसिआईसिआई बैंककी एमडी तथा सिइओ चन्दा कोचरका श्रीमान दिपक कोचर तथा भिडियोकोन ग्रुपका चेयरम्यान वेणुगोपाल धुतका बिरुद्ध सिबिआईले कारवाहीका  लागि प्रारम्भिक जाँच सुरु गरिसकेको छ। 
 
 

Tata
GBIME
Nepal Life
गुप्ताका अनुसार पिनाकल इनर्जी ट्रस्ट कोचर परिवारको थियो। हाल उनीहरुले यसको शेयर धेरै पहिले न्यू पावर रिन्यूएबल्सलाई बेचेको भनिरहेका छन्। न्यू पावर रिन्यूएबल्स भविष्यमा कुनै किसिमको आरोप आइलागेमा खण्डन गर्नकालागि मात्र स्थापना गरिएको गुप्ताको दावी छ। ‘आईसिआईसिआईले न्यूपावरलाई कहिले पनि ऋण दिएन तर कम्पनीले यसबाट लाभ लिएको हो’-  ह्विसल ब्लोअर गुप्ता बताउँछन्।  

 

चन्दा कोचरमाथि पनि श्रीमानका साथीको कम्पनीलाई ऋण दिएको आरोप लागेको छ। ऋण दिलाइदिएबापत  धुतबाट कोचर परिवारले ठूलो लाभ पाएको उनीहरुमाथि आरोप छ। 

 
प्रारम्भिक जाँचमा सिबिआइले भिडियोकोन कम्पनीलाई बैंकबाट ऋण दिएपछि दिपक कोचरको कम्पनीले करोडौं रुपैयाँबराबरको लाभ लिए नलिएको बारे अध्ययन गरिरहेको छ। धुतले भिडियोकोन कम्पनीमार्फत सन् २०१२ मा आईसिआईसिआई बैंकबाट ३,२५० करोड भारु ऋण लिएका थिए।
 
भिडियोकोनले एसबिआई बैंकको नेतृत्वमा बिभिन्न २० वटा बैंकहरुबाट कुल ४० हजार करोड ऋण लिएको थियो। यसअघि नै धुतले सन् २०१० मा ६४ करोड भारु न्यूपावर रिन्यूएबल्स प्राइभेट लिमिटेडलाई दिइसकेको आरोप छ।
 
बैंकबाट ऋण लिएको ६ महिनापछि धुतले न्यूपावर कम्पनीमा रहेको आफ्नो स्वामित्व दिपक कोचरको पिनाकल इनर्जी ट्रष्टलाई ९ लाख रुपैयाँ मात्र लिएर ट्रान्सफर गरेको देखिएको छ।
 
एक महिना पहिले नै सिबिआइले सुरु गरेको प्रारम्भिक जाँचबुझ गर्ने निवेदनमा दिपक कोचर र धुतको मात्र नाम छ चन्दा कोचरको छैन। तर त्यसै निवेदनमा ऋण प्रकरणमा सहभागी अन्य ‘अज्ञात बैंक अधिकारीहरु’ माथि पनि अनुसन्धान गर्ने भनेर उल्लेख गरिएको छ।
 
सिबिआइले विडियोकोनको कुल ४० हजार करोड ऋण तथा दिपक कोचर र धुतको संयुक्त लगानीमा स्थापना भएको न्यूपावर कम्पनीको सबै कागजपत्रहरु जुटाइसकेको बताएको छ।
 
यसैक्रममा सिबिआईका अधिकारीहरुले बैंकका अधिकारीहरुसँग सोधपुछ गरिरहेका छन्। बैंक ऋण पाएका कारण धुतले कुनै सहयोग कसैलाई दिए नदिएको विषयमा अध्ययन केन्द्रित छ।
 
कुनै पनि गडबडी भएको प्रमाण भेटिएमा बैंककी एमडी तथा सिइओ चन्दा कोचर लगायत अन्य सम्बन्धित ब्यक्तिहरु बिस्तृत अनुसन्धानमा पर्ने बताइएको छ।
 
ऋणलाई मंजुरी दिन सहभागी रहेका ‘नोडल अधिकारीहरु’सँग सोधपुछ भैसकेको सिबिआईले जनाएको छ।
 
२४ वर्षअघि स्थापना भएको आईसिआईसिआई बैंक सम्पतिका आधारमा तेस्रो र मार्केट क्यापिटलाइजेसका आधारमा भारतकै चौथो ठूलो बैंक हो। यसैगरी आईसिआईसिआई न्यूयोर्क स्टक एक्सचेन्जमा लिस्टेड भएको भारतको पहिलो बैंक हो। यो बैंक सन् २००० मा न्यूयोर्क स्टक एक्सचेन्जमा लिस्टेड भएको थियो। 
 
यस्तो छ चन्दा दिपक र धुत कनेक्सन
चन्दा कोचरका श्रीमान दिपक कोचर, दिपक कोचरका बाबु र चन्दा कोचरकी भाउजुले भिडियोकोन ग्रुपका अध्यक्ष वेणुगोपाल धुतको साथमा मिलेर ५० प्रतिशत साझेदारीमा न्यू पावर रिन्यूएबल्स  स्थपाना गरेका थिए। यो कम्पनीमा वेणुगोपाल धुतको ६४ करोड भारतीय रुपैयाँ लगानी थियो।
 
यसको केही महिनापछि वेणुगोपाल धुतले आइसीआइसीआइ बैंकबाट ३,२५० करोड रुपैयाँ ऋण लिए। ऋण लिएको केही महिनापछि धुतले आफ्नो अर्को कम्पनी सुप्रिम इनर्जीको अधिकांश शेयर दिपक कोचरले संचालन गरेको पिनाकल इनर्जी ट्रस्टलाई ९ लाख भारुमा शेयर हस्तान्तरण गरेको देखिएको छ। 
 
आईसिआईसिआई बैंकबाट लिएको ऋणको रकम धुतले केही तिरे भने केही बाँकी नै राखे। तिर्न बाँकी २,८१० करोड रुपैयाँलाई पछि बैंकले नन परफर्मिङ एसेट (एनपिए) अर्थात नउठ्ने पैसा भनि घोषित गर्यो।
 
यो पुरै प्रक्रिया यसरी मिलाएर गरिएको छ कि यो प्रकरणमा गडबडी थाहा पाउने मुश्किल पर्छ। त्यसैकारण यसमा बैंक पनि मिलेको आरोप लागेको छ।


 
यो प्रकरणलाई सन् २०१६ मा अरबिन्द गुप्ताले ह्विसल ब्लोअरका रुपमा बाहिर ल्याएका थिए। उनले बैंकको यो ऋण प्रकरणबारे अनुसन्धान गर्न प्रधानमन्त्रीलाई नै चिठ्ठी लेखेका थिए। उनले भारतको केन्द्रीय बैंकका गभर्नर तथा अन्य सम्बन्धित निकायमा पनि यसबारे उजुरी दर्ता गराए।
 
गुप्ताले यस प्रकरण बाहिर ल्याउन लामो समय अनुसन्धान तथा अध्ययनमा खर्चिएका छन्। उनी भिडियोकोन ग्रुपमा लगानीकर्ता समेत रहेकाले धुतसँग सम्बन्धित कम्पनीहरुबारे अनुसन्धानमा लागे। उनले कम्पनीका बारेमा पत्ता लगाएका बिभिन्न बैंकिङ कारोबार तथा ट्रान्ज्याक्सनहरुलाई सार्बजनिक गरेपछि यस बिषयमा खोज्न दबाब परेको थियो।
 
अरबिन्द गुप्ताका अनुसार धुतले भिडियोकोन ग्रुपबाट सुप्रिम इनर्जीमा पैसा ट्रान्सफर गरे जसमा उनको ९० प्रतिशत शेयर थियो। धुतले यसलाई प्रमोट गरेपछि दिपक कोचरलाई ट्रान्सफर गरे। दिपक कोचरले यसको शेयर पिनाकल इनर्जीलाई ट्रान्सफर गरे। 
 
गुप्ताका अनुसार पिनाकल इनर्जी ट्रस्ट कोचर परिवारको थियो। हाल उनीहरुले यसको शेयर धेरै पहिले न्यू पावर रिन्यूएबल्सलाई बेचेको भनिरहेका छन्। न्यू पावर रिन्यूएबल्स भविष्यमा कुनै किसिमको आरोप आइलागेमा खण्डन गर्नकालागि मात्र स्थापना गरिएको गुप्ताको दावी छ। ‘आईसिआईसिआईले न्यूपावरलाई कहिले पनि ऋण दिएन तर कम्पनीले यसबाट लाभ लिएको हो’-  ह्विसल ब्लोअर गुप्ता बताउँछन्।  
 
‘बैंकले त्यस्तो कम्पनीलाई ऋण दियो जो ४० हजार करोड रुपैयाँ भन्दा बढी घाटामा छ र लगभग टाट पल्टिसकेको छ। चन्दा कोचरका श्रीमान दिपक न्यू पावर रिन्यूएवल्सका एक शेयरहोल्डर हुन् र यसकारण भिडियोकोनले पाएको ऋणका अप्रत्यक्ष लाभ पाएकै हुन्।’- गुप्ताको दावी छ।  
 
को हुन् चन्दा कोचर
भारतमा रिटेल बैंकिङलाई प्रवर्द्धन गर्ने भूमिकाका लागि ख्याति पाएकी ६५ वर्षकी चन्दा कोचर हाल आईसिआईसिआई बैंकी एमडी तथा सिइओ हुन्। उनले सन् १९८४ मा यो बैंक ज्वाइन गरेकी थिइन्। उनले गरेको कामहरुको सम्मान गर्दै सन् २०११ मा भारत सरकारले उनलाई पद्मभूषणले सम्मानित गरिसकेको छ। उनी फोर्ब्सको विश्वकै १ सय प्रभावशाली महिलाहरुको सूचिमा सात पटक परिसकेकी छिन्। भारतको बित्तीय तथा बैंकिङ क्षेत्रमा चन्दालाई प्रभावशाली महिलाको रुपमा लिइन्छ। उनी इन्डियन बैंक एसोसिएसनकी डेपुटी चेयरम्यान समेत हुन्।

गुप्ताले यस प्रकरण बाहिर ल्याउन लामो समय अनुसन्धान तथा अध्ययनमा खर्चिएका छन्। उनी भिडियोकोन ग्रुपमा लगानीकर्ता समेत रहेकाले धुतसँग सम्बन्धित कम्पनीहरुबारे अनुसन्धानमा लागे। उनले कम्पनीका बारेमा पत्ता लगाएका बिभिन्न बैंकिङ कारोबार तथा ट्रान्ज्याक्सनहरुलाई सार्बजनिक गरेपछि यस बिषयमा खोज्न दबाब परेको थियो।

 
को हुन् दिपक कोचर
चन्दा कोचरका श्रीमान दिपक कोचर न्यू पावर रिनुएवल्सका सिइओ हुन्। स्वतन्त्र उर्जा उत्पादक कम्पनी न्यूपावर रिन्यूएवल्सका उनी सहसंस्थापकका साथै सिइओ हुन्। न्यू पावरको वेबसाइटका अनुसार कम्पनीले झण्डै ७ सय मेगावाट बैकल्पिक उर्जा उत्पादन क्षमता राख्छ। कम्पनीले तामिलनाडू, कर्नाटक, राजस्थान, महाराष्ट्र, आन्द्रप्रदेश तथा मध्यप्रदेशमा पाइपलाईनको माध्यमबाट बैकल्पिक उर्जा कार्यक्रम संचालन गरिरहेको छ।
 
दिपकको कम्पनीमा ५० प्रतिशत शेयर थियो भने अर्का संस्थापक धुतले डाइरेक्टर पदबाट राजीनामा दिएपछि उनको २४ हजार ९९९ अतिरिक्त शेयर समेत दिपकले नै गरे। हार्वर्ड बिजनेस स्कुल पढेका उनी बित्त ब्यबस्थापनका डिग्री होल्डर हुन्। 

आइसिआइसिआइ बैंकको संचालक समितिले भने चन्दा कोचरको पक्ष लिँदै बिज्ञप्ती जारी गरेको छ। बैंकका अध्यक्ष एमके शर्माले चन्दा कोचर तत्कालिन ऋण कमिटीको सदस्य रहेको भएपनि उनले ऋण प्रवाह गर्दा कुनै पनि किसिमको लाभ नलिएको दावी गरेका छन्।
को हुन् वेणुगोपाल धुत
धुत १.६ अर्ब डलर सम्पतिका मालिकका रुपमा फोर्ब म्यागेजिनले सन् २०१५ मा भारतको अर्बपतिको सूचिमा ६१ नम्बरमा राखेका ब्यापारी हुन्। फोर्ब्सका अनुसार उनले भिडियोकनको केही हिस्सा अमेरिकाको कम्पनी सिल्भर इगल एक्विजिसन कर्पोरेसनलाई बेचे। त्यसपछि धुतको शेयर अमेरिकाको शेयर बजार नास्दाकमा लिस्टिङ भैसकेको छ।
 
गत मार्चमा एक अन्तर्वार्ताका क्रममा धुतले २० हजार करोड ऋण नतिरी देशबाट भाग्न लागेको हो? भन्ने प्रश्नमा आफ्नो देश छोड्ने कुनै मनसाय नरहेको बताएका थिए। पाँच वर्ष यता आफू भारतबाट बाहिर नगएको भन्दै उनले  आफू सँधै भारतीय नै भएर बस्ने बताएका थिए। उनको सहयोगमा हालै भारतभर २ करोड रुख रोप्ने परियोजना सम्पन्न भएको बताइएको छ।