आयल निगमले बढायो तेलको मूल्य, पेट्रोल,डिजल र मट्टितेलको मूल्य २ रुपैयाँ बढ्यो

बिजमाण्डू
२०७४ चैत्र १९ गते २१:११ | Apr 2, 2018
आयल निगमले बढायो तेलको मूल्य, पेट्रोल,डिजल र मट्टितेलको मूल्य २ रुपैयाँ बढ्यो
काठमाडौं।नेपाल आयल निगमले पेट्रोल,डिजल र मट्टितेलको मूल्य २ रुपैयाँले बढाएको छ।

Tata
GBIME
Nepal Life


इन्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यसूची अनुसार निगमले मूल्य बढाएको हो।अब पेट्रोल १ सय ५ रुपैयाँ र डिजल तथा मट्टितेल ८५ रुपैयाँ पर्नेछ।निगमका निमित कार्यकारी निर्देशक सुशील भट्टरार्इले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकोले यहाँ मूल्य बढाउनुपर्ने अवस्था आएको बताए।

निगमले हवार्इ इन्धन र खाना पकाउने एलपिजी ग्यासको मूल्य भने यथावत राखेको छ।हवार्इ इन्धनमा नाफानै रहेकोले मूल्य नबढाइएको हो भने एलपिजीमा भने प्रतिसिलिण्डर ६५ रुपैयाँ घाटा छ।अहिले निगमले ग्यासमा क्रस सब्सिडी दिएर मूल्य नबढाउने रणनीति लिएको छ।