व्यापार विस्तारको दबाबमा कमसल ऋणको परिमाण थपिँदै, खराब कर्जा लुकाइँदै




काठमाडौं। 'मैले १० करोड रुपैयाँ मात्र दिएको विजनेशलार्इ अर्को बैंकले त्यही धितोमा १८ करोड रुपैयाँ ऋण दियो,' अहिले एक बैंकको सिइओले अर्को बैंककोलाई लगाउने आरोप हो यो।

कम मूल्यांकन भएको सम्पति धितोमा १८ करोड रुपैयाँ ऋण दिइएको भनिएको सिइओले पनि आरोप लगाउने बैंकरका बारेमा भन्छन्, 'मैले नपत्याएको क्लाइन्ट (ऋणी) त्यसले लग्यो।'

यो आरोपप्रत्यारोपले एग्रेसिभ ग्रोथका लागि बैंकहरुले कसरी लगानी बढाइरहेका छन् भन्ने छताछुल्ल हुन्छ।


 
अपवादका केही बैंकबाहेक अधिकांशले 'एग्रेसिभ ग्रोथ' का लागि अन्धधुन्द ऋण विस्तार गरेको उनीहरुको 'ब्यालेन्सिट' मा देखिन्छ।
 
'एग्रेसिभ ग्रोथ' का लागि कमसल लगानी भएकाले बैंकहरुको खराब कर्जा बढ्ने अवस्था आएको बैंकरहरु नै बताउन थालेका छन्। राष्ट्र बैंकले पनि अहिले बैंकहरुको ऋण लगानीलाई मिहिन रुपमा हेर्न थालेको बताउन थालेको छ, तर ब्यवहारमा भने देखिएको छैन।
 
'हाम्रोमा जति खराव कर्जा देखाइएको छ, त्यो वास्तविक हो भन्ने आधार छैन' राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक नरवहादुर थापाले भने, 'अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले पनि नेपाली बैंकहरुले देखाएको खराव कर्जामा शंका गरेको देखिन्छ।'
 
सन् २०१४ को फेब्रुअरी २ देखि १७ सम्म आइएमएफले गरेको अध्ययनले त्यही बेला नेपाली बैंकको खराव कर्जा वास्तविक नभएको स्पस्ट रुपमा उल्लेख गरेको थियो। उसले प्रतिवेदनमा लेखेको थियो, 'नेपालका बैंक तथा वित्तीय संस्थामा सार्वजनिक गरेको खराव कर्जा अनुपात (एनपिए) सही छैन। वित्तीय संस्थाहरुले प्रवाह गरेका ऋणमा 'एभर ग्रिनिङ' गरिएको छ।'
 
अहिले आएर त्यही शंका फेरि गरिएको छ। अहिले राष्ट्र बैंकले मात्र होइन बाणिज्य बैंकका वहालवाला तथा पूर्व प्रमुख कार्यकारीहरुले समेत गर्न थालेका छन्।
 
'छोटो समयमा ह्वात्त व्यापार बढेको छ। ब्याज दर महँगिएको छ। बैंकले लगानी गरेको ऋणको प्रभाव अर्थतन्त्रमा रिफ्लेक्ट भएको छैन, तैपनि लगानी बढिरहेको छ' ३२ बर्ष बैंकिङमा बिताएर अवकाश लिएका शशिन जोशीले बिजमाण्डूसँग भने, 'यसले सकारात्मक संकेत गर्दैन। मलाई लाग्छ बैंकहरुले देखाइरहेको खराव कर्जा बास्तविक छैन। यो ढिलोचाँडो 'बुक' मा देखिन्छ।'
 
यसपाली बैंकहरुको चुक्ता पूँजी बृद्धिपछि सञ्चालक समितिले व्यापार बढाउन दिएको दवावका कारण खराव कर्जा बढ्ने देखिएको छ। सञ्चालक समितिले 'हामीले सित्तैको पैसा हालेको होइन, रिटर्न पनि चाहिन्छ' भन्ने दबाब ब्यवस्थापनलाई दिएका छन्। यही दवावका कारण बैंकहरु ऋण लगानी गर्ने स्रोतो (निक्षेप) को सुनिश्चितता नहुँदा पनि आक्रामक लगानी रणनीतिमा हिँडेका छन्। 
 
'हिजो दुई अर्बको पूँजी थियो। अहिले ८ अर्ब पुग्यो। त्यसको रिटर्न ४/५ प्रतिशत तलमाथि भए पनि चाहिन चै चाहिन्छ है। मैले फ्रिमा पैसा लगाएको होइन भन्ने खालको दवाव बैंकरलाई परिरहेकै हुन्छ,' ग्लोबल आइएमइ बैंकका प्रमुख कार्यकारी अधिकृत जनक पौडेलले बिजमाण्डूसँग भने। 
 
यही दबाबले बैंकहरुले छोटो अवधिमा अत्याधिक लगानी बिस्तार गरेका छन्। र, आक्रामक रुपमा गरिएको सबै लगानी सही ठाउँमा भएको छैन भन्ने बैंकरहरुकै निष्कर्ष छ।
 
'एउटा बैंकले १० करोड नपत्याएको क्लाइन्टलाई अर्कोले २० करोड दिन्छ भने त्यहीँ थाहा हुन्छ ऋणको गुणस्तर। पैसा सही ठाउँमा प्रयोग भइरहेको छैन भन्ने बुझिन्छ' शशिन जोशीले भने, 'रिपेमेन्टमा समस्या आउने वित्तिकै यस्तो कर्जा 'एक्सपोज' हुन्छ र बैंक समस्यामा पर्नसक्छ।'
 
पछिल्लो दुई बर्ष लगानी बढाउन बैंकहरुबीच निक्षेप खोसाखोसको स्थिति सृजना भयो नै, ऋण खोसाखोसको अवस्थासमेत आयो। केही बैंकले अर्को बैंकमा भएको ऋण पनि आफ्नोमा सार्न सकिने भन्दै स्किम नै ल्याए। 
 
'विगतमा निक्षेप खोसाखोसको अवस्था थियो। बीचमा ऋण खोसाखोस गरेर पनि ब्यालेन्सिट बढाउने अभ्यास भयो' भर्खरै माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतबाट राजिनामा गरेका निरज श्रेष्ठले भने, 'यसले बैंकहरु ऋण बढाउने कति दबाबमा छन् भन्ने पनि देखाउँछ।'
 
सञ्चालकको दबाबमा बैंकहरुले कसरी 'एभर ग्रिनिङ' गरिरहेका छन्, जसले गर्दा खराव कर्जा लुकिरहेको छ, अर्को स्टोरीमा।


Share this Story

   

व्यापार विस्तारको दबाबमा कमसल ऋणको परिमाण थपिँदै, खराब कर्जा लुकाइँदै को लागी २ प्रतिक्रिया(हरु)

Agyat Nepali[ Apr 10, 2018 - 02:17 pm ]
This issue is very serious and burning.
But the Article is so short .
I request you to write on this issue
Some banks are saying they have NPA of 0.01%???? ridiculous
It only happen if bank itself promote for loan ever greening.

   हालसम्म २८ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


kamasa karki[ Apr 10, 2018 - 02:12 pm ]
Those ex-CEOs all are bullshit. They all are the creator of today's scenario and now they are trying to isolate them from this situation as if they don't know anything. They all have tried to influence the board of directors by doing such activities (taking excessive credit risk) till the last hour. But now board have kicked them out and now commenting about the system in media.

   हालसम्म ३४ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.