त्यो कुन जोइन्टभेञ्जर बैंक हो, जसका लगानीकर्ता अदृश्य छन्, कर निर्धारण गर्न महालेखाको सुझाव




काठमाडौं। नेपालको एक ज्वाइन्ट भेन्चर बैंकमा लगानी गर्ने प्रयोजनको लागि आयरल्याण्डमा एक इन्टरनेसनल कम्पनी दर्ता भएको आयरल्याण्डको कम्पनी रजिष्ट्रार कार्यालयको वेबसाइटबाट देखिन्छ।



नेपालको बैंकमा लगानी गर्ने यो कम्पनीमा एक शेयरधनी रहेको वेव साइटमा उल्लेख छ। कम्पनीको प्रमुख सञ्चालकमा नेपालको एक व्यापारिक समूहको सिंगापुरमा रहेको अन्तर्राष्ट्रिय व्यवसाय हेर्ने अर्को कम्पनीका एक सञ्चालक नै आयरल्याण्डस्थित कम्पनीको समेत सञ्चालक छन्। यसले नेपालको व्यापारिक समूहको त्यस कम्पनीमा सम्बद्धता रहेको पुष्टी गर्छ।

यो कम्पनीले आफ्नो वित्तीय विवरणमा ६४ करोड ४७ लाख रुपैयाँ लगानी गरेको देखाएको छ। तर बैंकले २०७२/७३ को वित्तीय विवरणमा त्यो अन्तर्राष्ट्रिय कम्पनीबाट ३ अर्ब ९ करोड २८ लाख लगानी देखाएको छ। तर त्यो लगानीमा २ अर्ब ४४ करोड ८० लाख रुपैयाँ फरक देखिएको छ। यो विवरण महालेखा परीक्षकको कार्यालयले बिहीबार सार्बजनिक गरेको बार्षिक प्रतिवेदनमा उल्लेख छ।

अर्कोतर्फ नेपालको एक व्यापारिक समूहको वेवसाइटमा उल्लेख भए अनुसार यो कम्पनी एक सर्भिस को–अपरेशनको सहायक कम्पनी हो। अन्तर्राष्ट्रिय कम्पनीको एक मात्र शेयरधनी रहेको त्यो कम्पनी पानामामा ३० नोभेम्बर, १९९५ मा दर्ता भएको छ।

बैंकमा लगानी गर्ने प्रयोजनको लागि विभिन्न ईन्टरपोज्ड ईन्टिटी धितोपत्रहरु खडा गरी लगानी गरेको छ। प्रत्येक शेयरमा नेपाली नागरिकलाई सञ्चालक र शेयरधनीको रुपमा देखाएको छ।

नाम उल्लेख नगरी महालेखाले नेपाली बैंकमा लगानी गरेको विदेशी कम्पनी बारे कैफियत जनाएको हो। उसले सुझाएको छ, 'यस सम्बन्धमा ठूला करदाता कार्यालयले वास्तविक लगानीकर्ता सुनिश्चित गर्ने, धितोपत्र खरिद बिक्रीको विवरण कार्यालयमा पेस गर्न लगाउने, धितोपत्रको बीचमा लगानीकर्ताको सम्बन्ध स्थापित गर्ने र लगानीको स्रोत यकिन गरेको छैन। यस सम्बन्धमा छानबिन गरी कर दायित्व यकिन गर्नुपर्दछ।'

Share this Story

   

त्यो कुन जोइन्टभेञ्जर बैंक हो, जसका लगानीकर्ता अदृश्य छन्, कर निर्धारण गर्न महालेखाको सुझाव को लागी १ प्रतिक्रिया(हरु)

dmuna[ 2018-04-13 02:33:16 ]
याे कुन बैंक हाे भन्ने सबैलाई थाहा भएकै कुरा हाे । लगानी कसरी अायाे मात्र हाेईन लगानी स्वीकृति कसरी भयाे? कति रकम लाभांसकाे रूपमा गयाे सबै अध्ययन गरिनुपर्छ ।

   हालसम्म ८९ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.