बाजेको सेकुवा अमेरिकामा पनि, ६ वर्षभित्र अमेरिकामा आधा दर्जन शाखा खोल्ने

बिजमाण्डू
२०७५ बैशाख ३ गते ११:४७ | Apr 16, 2018

काठमाडौं।बाजेको सेकुवाले अमेरिकामा आउटलेट खोलेको छ।अमेरिकाको न्यूर्योकस्थित क्विन्स सन्निसार्इडमा नयाँ वर्षको अवसरमा नयाँ आउटलेट संचालनमा आएको हो।

Tata
GBIME
Nepal Life

बाजेको सेकुवाका अमेरिकाका लगानीकर्ता दीपक भण्डारीले नेपालको रेष्टुरेन्ट र परिकारलार्इ अन्तर्राष्ट्रियकरण गर्न पाएकोमा खुशी व्यक्त गरे।बाजेको सेकुवाका अध्यक्ष चेतन भण्डारीले सन् २०२४सम्ममा अमेरिकाका विभिन्न शहरमा आधा दर्जन शाखा विस्तार गर्ने जानकारी दिए।अहिले मुलुकभित्र बाजेको सेकुवाको १३ वटा आउटलेट छ।

उनका अनुसार कतारको दोहा,सिड्नी र फिनल्याण्डमा समेत शाखा विस्तार गर्ने तयारी भइरहेको छ।शाखा उद्घाटनको अवसरमा गायक रामकृष्ण ढकाल,जगदिश हमाल र गीता बुर्लाकोटीले आफ्नो प्रस्तुती दिएका थियो।