वैशाख २० गते यातायात व्यवसायीको चक्काजाम, वैशाख २६ गतेदेखि अनिश्चितकालिन बन्द




काठमाडौं।सरकारलार्इ घुँडा टेकाउन यातायात व्यवसायीले वैशाख २० गते सबै भाडाका यातायात ठप्प पार्ने निर्णय गरेका छन्।



सरकारले सिन्डिकेट खारेज गरेपछि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अगुवार्इमा वैशाख २० गते देशव्यापी चक्काजाम गर्ने निर्णय गरेका हुन्।महासंघको आइतबार बसेको विभिन्न यातायात सम्वद्ध संस्थाको बैठकले सरकारले सुनुवार्इ नगरे वैशाख २६ गतेदेखि अनिश्चितकालिन बन्दको घोषणा गरेका छन्।महासंघले आन्दोलनका कार्यक्रमलार्इ गोप्य राखेको छ।आन्दोलनका बारेमा महासंघले बुधवार पत्रकार सम्मेलन गरेर जानकारी दिँदैछ।

‘सरकारले ल्याएको यातायात व्यवस्थापन कार्यविधि निर्देशिकाको खारेजीको माग गर्दै वैशाख २० गते  सबै भाडाका गाडी नचलाउने निर्णय भएको छ’नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका महासचिव विश्व अर्यालले बिजमाण्डूसँग भने ‘सरकारले हाम्रो माग सुनुवार्इ नगरे वैशाख २६ गतेदेखि अनिश्चितकालिन बन्द गर्ने निर्णय भएको छ।’महासंघको निर्णय अनुसार पेट्रोल ढुवानी समेत ठप्प हुनेछ।

सरकारले निर्देशिका जारी गर्दै कम्पनीमार्फत सार्वजनिक यातायात चलाउनुपर्ने, यातायात समिति असारदेखि नविकरण नगर्ने लगायतका सुधारका मुद्दा अघि बढाएको थियो।यातायात व्यवस्था विभागले कम्पनीमार्फत सार्वजनिक यातायात चलाउन अनुमति दिन थालेको थियो।विभागको अनुमतिपछि काठमाडौंदेखि वनेपासम्म मयुर यातायातले सेवा थालेको थियो।

मयुर यातायातको सेवाका विरुद्धमा कोटेश्वर पूर्वका व्यवसायीले एक दिन यातायात बन्द गरेका थिए।कोटेश्वर पूर्वका यातायात व्यवसायीले सार्वजनिक यातायात बन्द गरेपछि विभागले एकै दिनमा पाँच वटा कम्पनीलार्इ अस्थायी रुट इजाजत दिएको थियो।यता विभागले भने सार्वजनिक यातायात बन्द गर्नै नपाउने जिकिर गरेको छ।‘अत्यावश्यक सेवा बन्द गर्न पाइँदैन।हामी बन्द गर्ने व्यवसायीलार्इ कारवाही गर्छौं’ विभागका प्रवक्ता तुलसीराम अर्यालले बिजमाण्डूसँग भने।



Share this Story

   

वैशाख २० गते यातायात व्यवसायीको चक्काजाम, वैशाख २६ गतेदेखि अनिश्चितकालिन बन्द को लागी ७ प्रतिक्रिया(हरु)

गबर सिंग[ Apr 16, 2018 - 08:01 pm ]
यी गुन्डा हरुलाई तह लगाउने बेला येही हो | अनि इनिहरु लाई सहयोग गर्ने जो सुकै पार्टी को होस् तिनीहरुलाई पनि छोड्ने काम छैन | सरकार झुक्नु पर्दैन , जसरि तराई आन्दोलन र भारतले दुख दिएको बेला पनि हामी झुकुईन र येस पाली पनि हामी न झुकउ | यी सबै गुन्डा हरुको licence खारिज गर्नु पर्छ र अहिन्दा येसरी धम्कि दिने अरु हरु लाई पनि यो पाठ हुनेछ | जनता सरकार संग छ | ठोक्नु परे ठोक दिनु ल जा जेसुकै होस् |

   हालसम्म १३ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Subash Kunwar[ Apr 16, 2018 - 05:24 pm ]
Aba sajha bus ma sarrrrrrrrrrrrrrra jane ho.
Oli ji do not scare to open the fire against those syndicators. We need to put them under the foot at any cost. We are with u..............

   हालसम्म १२ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Mustang[ Apr 16, 2018 - 05:19 pm ]
This is a good opportunity for Nepal Government to show that Nepal is in the path of progress

   हालसम्म १३ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


rkmnepal[ Apr 16, 2018 - 03:37 pm ]
नाजायज मागमा सरकारसंग जाेरी खाेजे सिन्डीकेटकाे पक्षपातीले दुख पाउनेछन् याे कुरा बेलैमा साेचे हुन्छ ।जनता कसैले साथ दिंदैन, गाडीकाे माया नभए अान्दाेलन गरे हुन्छ।

   हालसम्म ९ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Sun Ad[ Apr 16, 2018 - 03:23 pm ]
Now it's the time to show who is ruling the country, it's the government elected by the Nepalese people or the group of transporters (the syndicator dacoits). If the Nepal government fails and surrenders to these Syndicators this time, these people will be the Ruler of Nepal for the many years to come no matter whoever are elected by the Nepalese people.

   हालसम्म २० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


कामसा कार्की[ Apr 16, 2018 - 03:22 pm ]
लौ है सरकार, अब चॉहि सरकार छ है भनेर देखाउने बेला आयो । देशको सेना, प्रहरी सबै सडकमा उतारेर भए पनि यी देश भित्रका धमिराहरुको नाश गरेरै छाड्नु परो । यि सबैको लाईसेन्स खारेज गरेर अब सरकारी सवारी साधन चलाएर भए पनि जनतालाई यातायात को सुबिधा दिनु परो । यसमा हामी सारा जनता सरकारको पक्षमा छौं । यी धमिराहरुलाई आफ्नो पार्टिको हो भन्दैमा नछोड है, यस्ता मान्छे कुनै पनि पार्टिका हुदैनन् । केवल पैसाको लागि मात्र पार्टिको ट्याग भिरेर हिड्छन् । सावधान ।

   हालसम्म ३१ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Ram Bahadur[ Apr 16, 2018 - 03:03 pm ]
अब हेरौं, यो देशमा सरकार छ कि गैरकानूनी सिण्डिकेट !!

   हालसम्म १९ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.