मञ्जुश्री फाइनान्सको नाफा ४९% ले बढ्यो, ९ महिनाको नाफा साढे ५ करोड, यस्तो छ बित्तीय बितरण




काठमाडौं। मञ्जुश्री फाइनान्सले चालु आर्थिक वर्ष २०७४/७५ को तेस्रो त्रैमाससम्ममा गत आर्थिक वर्षको यहि अवधिको भन्दा ४९ प्रतिशतले नाफा बढाएको छ। फाइनान्सले ९ महिनामा ५ करोड ४६ लाख रुपैयाँ नाफा गरेको छ। गत वर्षको यही अवधिमा तीन करोड ६५ लाख रुपैयाँ थियो।

संस्थाले यहि अवधिमा ५ अर्ब ६१ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब ९७ करोड रुपैयाँ ऋण लगानी गरेको छ। संस्थाको खुद ब्याज आम्दानी ४८ करोड ७८ लाख रुपैयाँ रहेको छ। संस्थाको पूँजी कोष अनुपात १६.२० प्रतिशत रहेको छ भने प्रतिशेयर आम्दानी १० रुपैयाँ रहेको छ।

८० करोड रुपैयाँ चुक्ता पूँजी जुटाउनुपर्नेमा हालसम्म ७२ करोड ४३ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १५ करोड २३ लाख रुपैयाँ रहेको छ। संस्थाले ८० करोड पुर्याउन धितोपत्र बोर्डबाट ५ प्रतिशत हकप्रद निष्कासन गर्ने अनुमति पाइसकेको छ।   

Share this Story

   

मञ्जुश्री फाइनान्सको नाफा ४९% ले बढ्यो, ९ महिनाको नाफा साढे ५ करोड, यस्तो छ बित्तीय बितरण को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.