उक्लियो अमेरिकी डलरको भाउ, १०५ रुपैयाँ ३५ पैसासम्म कारोबार, देशलाई फाइदा कम घाटा ज्यादा

बिजमाण्डू
२०७५ बैशाख ४ गते १२:३६ | Apr 17, 2018
उक्लियो अमेरिकी डलरको भाउ, १०५ रुपैयाँ ३५ पैसासम्म कारोबार, देशलाई फाइदा कम घाटा ज्यादा

काठमाडौं। अमेरिकी डलरको भाउ फेरि बढ्न थालेको छ। लामो सयम १०४ रुपैयाँको हाराहारी बसेको डलरको भाउ मंगलबार १०५ रुपैयाँ ९ पैसा पुगेको छ।

Tata
GBIME
Nepal Life

राष्ट्र बैंकले १०५ रुपैयाँ ९ पैसा रिफ्रेन्स रेट तोके पनि बैकहरुले १०५ रुपैयाँदेखि १०५ रुपैयाँ ३५ पैसासम्म डलरको कारोबार गरिरहेका छन्। नेपाल एसविआई बैंकले १०५ रुपैयाँ ३५ पैसामा कारोबार गरिरहेको छ भने नबिल र ग्लोबल आइएमइ बैंकले १०५ रुपैयाँ १० पैसा तथा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल १०५ रुपैयाँमा कारोबार गरिरहेको छ।

डलरको मूल्य वढ्दा विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा रेमिट्यान्स आयमा वृद्धि हुन्छ। डलरको वृद्धिले निर्यात व्यापारलाई राहत मिल्ने छ। बस्तु तथा सेवा विक्रीबाट हुने आम्दानीका साथै पर्यटन क्षेत्रको आयसमा समेत सुधार हुने छ। हस्तकला लगायत नेपाली समानका निकासीकर्ताको आम्दानी बढ्छ। नेपालले ठूलो मात्रामा आयात गर्ने भएकाले विदेशी मुद्रा तिरेर किन्न पर्ने सामान तथा सेवाहरु महँगो पर्ने छ।
 
डलरको मूल्य वृद्धिले जति नेपाललाई फाइदा छ त्योभन्दा वढी नोक्सान छ। आयातमा निर्भर अर्थतन्त्र भएका कारण डलरको मूल्य वृद्धिले नेपाली बजार प्रभावित हुन्छ। डलर तिरेर विदेशबाट आउने सामानको मूल्य बढी पर्ने छ।
 
भारत तथा तेस्रो मुलुकबाट आउने मोटर, मोबाइल फोन, इलेक्ट्रोनिक्सका सामान, लत्ताकपडा लगायत सामान महँगो पर्ने छन्। चीनबाट आउने सस्ता सामानको भाउमा समेत असर पर्नेछ। डलर मूल्यमा हुने थपघटका आधारमा युआनको भाउ निर्धारण हुन्छ।
 
विदेशबाट कच्चा पदार्थ ल्याएर उत्पादन गर्ने उद्योगको लागतमा वृद्धि हुने छ। उत्पादित बस्तुको लागत वृद्धि भएपछि यसको असर केही दिनमै उपभोक्य वस्तुको मूल्यमा देखिन थाल्छ।
 
डलर वढ्दा सरकारलाई विदेशी ऋण र साँवा भुक्तानीमा अतिरिक्त भार पर्छ। सरकारले डलरमा ऊर्जा खरिद गरेको जलविद्युत् आयोजनाहरुलाई समेत वढी पैसा तिर्नु पर्ने हुन्छ। विदेशी कलेजमा पढ्न जाने, औषधि उपचार, पर्यटक भएर विदेश भ्रमण जानेहरुलाई पनि डलर वृद्धिले समस्या पार्छ।