दुईभन्दा बढी डिम्याट खाता छ भने बन्द गरिहाल्नुस्! सिडिएससीले थाल्यो कारोबार रोक्काको तयारी




काठमाडौँ। दुईभन्दा बढी हितग्राही(डिम्याट खाता)भएका लगानीकर्ताको खाता रोक्का हुने भएको छ। केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी)ले खाता रोक्का गर्दै सम्पुर्ण कारोबार बन्द गर्ने गरी तयारी गरेको जनाएको छ। सिडिएससीले दुईभन्दा बढी खाता बाहकको पहिचान समेत गर्न थालेको छ।

पछिल्लो समय सिडीएससीले सात हजार पाँच सय लगानीकर्ताको दुई भन्दा बढी खाता भएको पहिचान गरिसकेको सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए। न्यौपानेका अनुसार अझै पहिचानकै क्रममा रहेकाले यो संख्या बढ्न सक्नेछ।

खाता पहिचान भएका केही लगानीकर्ताले अझै दुईभन्दा बढी खाताबाट कारोबार गरिरहेका छन्। केहीको भने खाता भएपनि शेयर मौजाद शून्य देखिएको छ। शून्य मौज्दात भएका लगानीकर्ताको तत्काल  खाता बन्द गर्न सिडीएससीले निक्षेप सदस्यहरुलाई निर्देशन दिएको छ। "शून्य शेयर भएका लगानीकर्ताको खाता बन्द गर्न निक्षेप सदस्यलाई निर्देशन दिएका छौ"-न्यौपानेले भने।


केही लगानीकर्ताको भने अझै खातामा शेयर रहेका कारण खाता बन्द गर्न कठिनाइ भएको छ।लगानीकर्ताले भिन्न भिन्न कम्पनीमा हितग्राही खाता उपलब्ध गराएका छन् भने कतिले हकप्रद र प्राथमिक शेयरमा समेत खातामार्फत शेयरमा आबेदन दिएका छन्। जसका कारण खाता बन्द गर्न समस्या देखिएको थियो।

फरक फरक प्रयोजनकालागि खाताको प्रयोग भएको हुदाँ लामो समयदेखि लगानीकर्ताको हितलाई हेर्दै सिडीएससीले केही लचकता अपनाएको थियो। तर लामो समयसम्म लगानीकर्तालाई छुट दिँदा ब्यबस्थापनमै प्रश्न उठ्न सक्ने भन्दै सिडीएससीले कडा कदम चाल्ने तयारी गरेको हो।



नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार सिडिएससीले दुईभन्दा बढी खाता भएका लगानीकर्ताको खाता बन्द गर्न लागेको हो।बोर्डले गत २०७४ असारमा दुई भन्दा बढी खाता बाहकको खाता बन्द गर्न निर्देशन दिएको थियो। सोहि निर्देशन अनुसार सिडीएससीले भाद्र मसान्तसम्म खाता बन्द गर्न लगानीकर्तालाई अनुरोध गरेको थियो।

तोकिएको मितिसम्म पनि लगानीकर्ताले खाता बन्द नगरेका कारण थप ३५ दिन समय बढाएको थियो। सोही सूचना र निर्देशन पछि हालसम्म नौ हजार एक सय लगानीकर्ताले खाता बन्द गरेका छन्।

मंगलबारसम्म ६६ वटा निक्षेप सदस्य मार्फत १२ लाख २५ हजार १७९  डिम्याट खाता खिलीएको सिडीएससीले जनाएको छ।                    

Share this Story

   

दुईभन्दा बढी डिम्याट खाता छ भने बन्द गरिहाल्नुस्! सिडिएससीले थाल्यो कारोबार रोक्काको तयारी को लागी २ प्रतिक्रिया(हरु)

Anil[ 2018-04-20 09:45:09 ]
You cand have 2 Dmat in maxmimum. No more than two.

   हालसम्म १७ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


suraj karki[ 2018-04-17 02:23:35 ]
I also have two dimate accounts. One in global bank and another....i did not know
That we could not open two dimate accounts. So now i want to cancel one. Please. Could you advise me how to cancel it?

   हालसम्म ३२ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.