सिन्डिकेटधारी व्यवसायीको तारोमा परेको मयुर यातायात के गर्दैछ? आन्दोलन विफल पार्न यस्तो छ तयारी

बिजमाण्डू
२०७५ बैशाख ६ गते १३:५४ | Apr 19, 2018

काठमाडौं।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको हड्तालसँग असन्तुष्ट रहेका व्यवसायीलार्इ समेटेर  मयुर यातायातले बन्दको बेलामा गाडी चलाउने तयारी गरेको छ।

Tata
GBIME
Nepal Life

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ आन्दोलनको घोषणा गरेपछि मयुर यातायातले असन्तुष्ट व्यवसायीसँग छलफल थालेको हो। लामो समयसम्म सार्वजनिक यातायात ठप्प पारे देशैभरिका इच्छुक व्यवसायी मयुरमा आवद्ध भएर बस चलाउनगरि तयारी थालिएको मयुर यातायातका अध्यक्ष मोहन बहादुर श्रेष्ठले जानकारी दिए।

 ‘महासंघको अगुवार्इमा बसनै ठप्प पारे भने उनीहरुकै लागि प्रत्युत्पादक बन्छ।धेरै यातायात समितिमा आवद्ध व्यवसायी मयुरमार्फत गाडी चलाउन तयार देखिएका छन्, उनले बिजमाण्डूसँग भने। उनका अनुसार उपत्यका भित्र मात्रै नभर्इ पोखरा,पाल्पा,झापा लगायतका व्यवसायीहरुले केहि दिन अघि देखि सम्पर्क गरेर मयुर यातायातमार्फत बस चलाउन चाहेका छन्। ‘कोटेश्वर पूर्व गाडी सञ्चालन गर्दै आएका केही व्यवसायीले १५/२० वटा बस मयुरमार्फत चलाउन प्रस्ताव गरेका छन्’ श्रेष्ठले भने,सुविधायुक्त गाडी नभएकाले सल्लाह गरौला भनेर टारिरहेको छु।‘

अहिले मयुर यातयातका २४ वटा ठूला सुविधासम्पन्न बस चक्रपथ परिक्रमा गरेर काभ्रेको धुलिखेल र पनौति सम्म पुग्ने गरेका छन्।