सिजीले ल्यायो ओमेगा ६ स्मार्टफोन, फिंगरप्रिन्ट अनलकको सुविधा भएको सेट ९,७७७ रुपैयाँ पर्ने

बिजमाण्डू
२०७५ बैशाख ६ गते १६:५९ | Apr 19, 2018
सिजीले ल्यायो ओमेगा ६ स्मार्टफोन, फिंगरप्रिन्ट अनलकको सुविधा भएको सेट ९,७७७ रुपैयाँ पर्ने

काठमाडौं। सिजी मोबाइल्सले ओमेगा सिरिजको नयाँ स्मार्टफोन ओमेगा ६ स्मार्टफोन सार्वजनिक गरेको छ। सिजी मोबाइल्सले तीन वटा क्यामेरा भएको ओमेगा ६को बजार मूल्य ९ हजार ७ सय ७७ रुपैयाँ तोकेको छ।
कालो र सुनौलो रंगमा उपलब्ध हुने ओमेगा ६ मा ५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा राखिएको छ भने फ्ल्यास सहितको १३ मेगा पिक्सेल प्लस २ मेगा पिक्सेलको अटोफोकस ड्यूल रियल क्यामेरा रहेको कम्पनीले जनाएको छ।

Tata
GBIME
Nepal Life

यसैगरी फोनमा रहेको ५.५ इन्चको एचडी आइपीएस डिस्प्लेले स्पष्ट तस्वीर देखाउने बताइउको छ।

यसमा फिंगरप्रिन्ट अनलक सुविधा समेत भएकोले ब्यक्तिगत डाटा सुरक्षित हुने बताइएको छ।

दुईवटा सिम सपोर्ट गर्ने ओमेगा ८ मा १.३ गीगाहर्जको क्वाड कोर प्रोसेसर राखिएको छ भने १ जीबी र्याम तथा १६ जीबीको आन्तरिक स्टोरेज रहेको कम्पनीले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ।