ओली आएपछि फेरि अर्को चिनियाँ आयोजनालाई स्वीकृति, सालासुङ्गी जलविद्युतमा १४ अर्ब लगानी

बिजमाण्डू
२०७५ बैशाख ११ गते ०७:५४ | Apr 24, 2018
ओली आएपछि फेरि अर्को चिनियाँ आयोजनालाई स्वीकृति, सालासुङ्गी जलविद्युतमा १४ अर्ब लगानी


काठमाडौं। रसुवा जिल्लामा निर्माण हुने ७८ मेगावाट क्षमताको सालासुङ्गी जलविद्युत आयोजनामा चिनियाँ कम्पनीको १४ अर्ब रुपैयाँ विदेशी लगानी स्विकृत भएको छ।


 
उद्योग तथा लगानी प्रवर्द्धन बोर्डको सोमबार बसेको बैठकले चिनियाँ कम्पनी चाइना हार्वर इन्जिनियरिङलाई १४ अर्ब रुपैयाँ बराबरको शेयर लगानी गर्न स्विकृति दिएको हो।
 
१५ अर्ब ३८ करोड ७० लाख रुपैयाँ कूल पूँजी भएको उक्त जलविद्युत आयोजनामा चिनियाँ कम्पनीले ९२ प्रतिशत शेयर लिँदै १४ अर्ब ८८ लाख ४० हजार रुपैयाँ लगानी गर्ने भएको छ। 
 
रसुवाको गोसाईकुण्ड गाउँपालिकामा निर्माण हुने उक्त जलविद्युत आयोजनाको प्रवर्द्धक सालासुङ्गी पावर लिमिटेड रहेको छ। 
 
हिमाल हाइड्रोले पनि पूँजी वृद्धिको अनुमति पायो
विदेशी लगानीको कम्पनी हिमाल हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनले पनि ४४ मेगावाटको जलविद्युत आयोजनामा विदेशी शेयर लगानी स्विकृत गराएको छ। हिमाल हाइड्रोले एक लाख कित्ता शेयर बराबर विदेशी लगानी पूँजी वृद्धिको लागि स्विकृत गराएको हो।
 
अर्घाखाँची सिमेन्टले पनि पायो क्षमता वृद्धिको अनुमति
अर्घाखाँची सिमेन्टको क्षमता वृद्धिको लागि पनि बोर्डले स्विकृति दिएको छ। अर्घाखाँची सिमेन्टलाई शाखा उद्योगको लागि एक अर्ब ७९ करोड २१ लाख ९६ हजार रुपैयाँ पूँजी वृद्धिको अनुमति दिईएको छ।
 
कपिलवस्तुमा मुल उद्योग रहेको अर्घाखाँची सिमेन्टको उद्योग दर्ता हुँदको पूँजी चार करोड ५१ लाख ६७ हजार रुपैयाँ मात्र थियो। २०५५ सालमा स्थापित उद्योगले क्षमता वृद्धि गर्दै कुल पूजी तीन अर्ब रुपैयाँ पुर्‍याएको थियो। अहिले एक अर्ब ७९ करोड ३१ लाख रुपैयाँ पूँजी वृद्धिको स्विकृति पाएसँगै उद्योगको कुल पूजी चार अर्ब ७९ करोड २१ लाख रुपैयाँ पुगेको छ।
 

Tata
GBIME
Nepal Life