युवराज खतिवडालाई शेयर बजार नबुझेको भनेपछि अधिकारी कारवाहीमा, बोर्डले सहप्रवक्ताबाट हटायो

बिजमाण्डू
२०७५ बैशाख १२ गते ११:४६ | Apr 25, 2018

काठमाडौं। अर्थमन्त्रीलाई लक्षित गर्दै बिचार संप्रेषण गरेको आरोपमा नेपाल धितोपत्र बोर्डले आफ्ना एक माथिल्लो कर्मचारीलाई कारवाही गरेको छ। अर्थमन्त्रीले 'पूँजी बजारलाई अनुत्पादक भनेको' भन्ने समाचार सार्बजनिक भएपछि धितोपत्र वोर्डका सहप्रवक्ता डा. नवराज अधिकारीको बिजमाण्डूमा  ' पूँजी परिचालन हुने क्षेत्र कसरी अनुत्पादक हुन्छ?' भन्ने शिर्षकमा बिचार प्रकाशित भएको थियो।

Tata
GBIME
Nepal Life

डा. युवराज खतिवडालाई सोझै शेयर बजार नबुझेको अर्थमन्त्री भनेको भन्दै बोर्डले उनलाई सहप्रवक्ताको जिम्मेवारीबाट हटाएको हो। स्रोतका अनुसार, अर्थमन्त्रालयको दवावमा सहप्रवक्ताको जिम्मेवारीबाट अधिकारीलाई हटाउन बोर्ड बाध्य भएको हो।

बोर्डको आधिकारिक सूचना तथा जानकारी संप्रेषण गर्न प्रवक्ता, सह प्रवक्ता र सहायक प्रवक्ताको व्यवस्था गरेको थियो। अर्थमन्त्रालयको तिब्र दवावपछि सहप्रवक्ता रहेका अधिकारीलाई त्यहाँबाट हटाउन पदै सहप्रवक्ताको जिम्मेवारी नै खारेज गरिदिएको हो।

यसबारेमा बोर्डले विज्ञप्तिनै जारि गरेको छ। विज्ञप्तिमा भनिएको छ, 'बोर्डको सूचना प्रवाह छिटो छरितो र एकरुपता ल्याउन अब उप्रान्त प्रवक्ता तथा सहायक प्रवक्तामार्फत् मात्र बोर्डको आधिकारिक सूचना सम्प्रषेण हुने व्यवस्था गरिएको छ।'

अधिकारीको 'प्रत्यक्ष उत्पादन गर्नेलाई मात्र उत्पादनमूलक भनेर परिभाषित गर्नु संकुचित मानसिकता हो। पूँजीलाई परिचालन गरेर त्यही कुरा उत्पादनसँग जोडिने हो' भन्ने बिचार बिजमाण्डूमा प्रकाशित भएको थियो।