ओम र गरिमा विकास बैंकले बढाए नाफा, पूँजी बढ्दा प्रतिशेयर आम्दानी खुम्चियो, यस्तो छ विवरण

बिजमाण्डू
२०७५ बैशाख १२ गते १२:३४ | Apr 25, 2018

काठमाडौं। गरिमा विकास बैंक र ओम डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको चैतमा नाफा बढाएका छन्। गरिमाले १३ प्रतिशतले नाफा बढाएको छ भने ओमले भने ५ लाख ७० हजार रुपैयाँले मात्र बढाएको छ।

Tata
GBIME
Nepal Life

गरिमा विकास बैंकले चालु आर्थिक वर्षको चैतसम्ममा २८ करोड १५ लाख रुपैयाँ नाफा गर्दा गत वर्षको चैतमा २४ करोड ८५ लाख रुपैयाँ थियो। बैंकले खुद ब्याज आम्दानी ६९ करोड ९६ लाख रुपैयाँ आजर्न गरेको छ।

निक्षेप संकलन १८ अर्ब ६३ करोड रुपैयाँ गरी १७ अर्ब १० करोड रुपैयाँ ऋण लगानी गरेको छ। चुक्ता पूँजी एक अर्ब २९ करोड रुपैयाँबाट बढेर २ अर्ब ५३ करोड पुगेको छ भने जगेडा कोषमा ५७ करोड रुपैयाँ छ।

पूँजी र कोष बढेको बैंकको पूँजी कोष अनुपात १७.१८ प्रतिशतबाट २०.५० प्रतिशत पुगेको छ। खराब कर्जा ०.७८ प्रतिशत छ भने आधार ब्याजदर १२.१७ प्रतिशत छ। प्रतिशेयर आम्दानी १४ रुपैयाँ छ।

ओम डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको ९ महिनामा २६ करोड ६२ लाख रुपैयाँ नाफा गरेको छ। गत वर्ष २६ करोड ५७ लाख रुपैयाँ नाफा थियो। खुद ब्याज आम्दानी ५३ करोड ९६ लाख रुपैयाँ आर्जन गरेको छ।

बैंकले १९ अर्ब १४ करोड रुपैयाँ निक्षेप संकलन गरी १७ अर्ब १० करोड रुपैयाँ ऋण लगानी गरेको छ। गत वर्ष भने १३ अर्ब ६१ करोड रुपैयाँ निक्षेप संकलन गरी ११ अर्ब ५५ करोड रुपैयाँ ऋण लगानी गरेको थियो। निक्षेप तथा कर्जा लगानी बढाएपनि उच्च व्यादरको प्रभावले नाफामा भने उल्लेख्य सुधार ल्याउन सकेन।

एक वर्षमा चुक्ता पूँजी १ अर्ब ३६ करोड रुपैयाँबाट बढाएर २ अर्ब ५१ रुपैयाँ पुर्याएको छ भने जगेडा कोषमा ६७ करोड ९० लाख रुपैयाँ जम्मा गरेको छ। पूँजी बढेसँगै पूँजी कोष अनुपात १५.२७ प्रतिशतबाट बढेर १७.०१ प्रतिशत पुगेको छ। आधार व्याजदर १०.५९ प्रतिशतबाट बढेर १२.२० प्रतिशत पुगेको छ। पूँजी बढाएसँगै नाफामा सुधार गर्न नसकेको बैंकको प्रतिशेयर आम्दानी २६ रुपैयाँबाट खुम्चिएर १४ रुपैयाँ छ।