खोस्टो बनेको ५०० र १००० का भारु नोट साट्न भारतसँग वार्ता, भारतले थाप्ने अड्को बारे पनि छलफल

बिजमाण्डू
२०७५ बैशाख १२ गते १३:३५ | Apr 25, 2018
खोस्टो बनेको ५०० र १००० का भारु नोट साट्न भारतसँग वार्ता, भारतले थाप्ने अड्को बारे पनि छलफल

काठमाडौं। भारतले ५०० र १००० दरका नोटमा प्रतिबन्ध लगाएपछि नेपाली बैंकसँग भएको पैसा साटिएको छैन। त्यही पैसा साट्न तथा सर्वसाधारणको हातमा रहेको पैसा पनि टुङ्गो लगाउन फेरि भारतीय पक्षसँग प्रस्ताव गरिएको छ।

Tata
GBIME
Nepal Life

नेपाल र भारतका बीचमा रहेका व्यापारिक उल्झनहरु समाधानका लागि अन्तर सरकारी कमिटी (आइजिसी) को बैठक बिहिबार र शुक्रबार काठमाडौमा हुदैछ। त्यो बैठकको ठिक अगाडि सहसचिवस्तरीय छलफल भइरहेको छ। यही छलफलमा नेपालको पक्षबाट भारतीय नोट सटहीको प्रस्ताव गरिएको हो।

भारतीय नोटबन्दीका कारण नेपाली बैंकहरुसँग करिव ४ करोड ३६ लाख रुपैयाँ साट्न बाँकी छ। सर्वसाधारणको हातमा रहेको पैसाको यकिन अझै भइसकेको छैन। 'यो विषयलार्इ भोलीदेखि हुने आइजिसी वैठकमा राष्ट्र बैंकका प्रतिनिधीलार्इ समेत राखेर टुङगो लगाइने वाणिज्य मन्त्रालय स्रोतले जानकारी दियो।

त्यसैगरी अदुवा लगायतका कृषि उपजहरु निकासीको समस्या, सिमा नाकामा सडक स्तरोन्नती, पाठ्य पुस्तक निकासीका समस्या, डर्टीं कार्गोका समस्या, दोधारा-चाँदनीमा सुक्खा बन्दरगाह, जलमार्ग उपयोग गर्न दिने विषय, कोलकत्ता ड्रार्इपोर्टले नेपाली आयात गर्ने व्यवसायीलार्इ दिने गरेको समस्या निराकरण लगायतका मुद्दाहरुमा भारत सकारात्क देखिएको बाणिज्य मन्त्रालयका सहसचिव रविशंकर सैजुले जानकारी दिए।