कहाँ हरायो एक सातामै बैंकको ५ अर्ब निक्षेप? ऋण १ अर्ब बृद्धि, यस्तो छ निक्षेप घट्नुको कारण

बिजमाण्डू
२०७५ बैशाख १२ गते ०८:३८ | Apr 25, 2018
काठमाडौं। नयाँ बर्ष लागेपछि बाणिज्य बैकहरुबाट निक्षेप घट्न थालेको छ। बैशाखयता २८ वटा बाणिज्य बैंकबाट पाँच अर्ब रुपैयाँ घटेको हो। चैत मसान्तसम्म बैंकहरुसँग २२ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप थियो। बैशाख ७ गतेसम्मको तथ्यांकमा निक्षेप २२ खर्ब ६३ अर्बमा  झरेको हो।
 
जबकी अघिल्लो साता निक्षेप १३ अर्ब रुपैयाँले बढेको थियो। बैंकहरुका अनुसार, निक्षेपमा पाकेको ब्याज झिकिएकाले पनि निक्षेप घटेको हुनसक्छ। 
 
ऋण लगानी एक अर्ब रुपैयाँले बढेको छ। एक सातामा एक अर्बले बढेर ऋण २० खर्ब ३ अर्ब रुपैयाँ पुगेको हो। अघिल्लो साता ऋण २३ अर्ब रुपैयाँले बढेको थियो। 

Tata
GBIME
Nepal Life