एसएमइमा काम गर्नेलाई सघाउन दुई संस्थाबीच साझेदारी, २ करोड युरोको एसएमइ फण्ड स्थापना

बिजमाण्डू
२०७५ बैशाख १९ गते १५:५० | May 2, 2018
एसएमइमा काम गर्नेलाई सघाउन दुई संस्थाबीच साझेदारी, २ करोड युरोको एसएमइ फण्ड स्थापना


काठमाडौं। साना तथा मझौला उद्यममा लगानी केन्द्रित गर्न दुई संस्थाबीच लगानी साझेदारी भएको छ। वान टु वाच र ट्रु नर्थ एसोसिएट्सबीच मिलेर अगाडि बढ्ने गरी समझदारी भएको हो।


 
वान टु वाच साना तथा मझौला उद्यमको क्षेत्रमा काम गरिरहेको संस्था हो। ट्रु नर्थको केही लगानी यो क्षेत्रमा छ। ‘दुबै जना मिलेर जाँदा राम्रो हुन्छ भन्ने उद्देश्यले वान टु वाचमा ट्रु नर्थले ४९ प्रतिशत शेयर लगानी गरेर साझेदारी गरेको हो’ कम्पनीमा प्रबन्ध निर्देशक सुमन जोशीले भने।
 
दुबै संस्थाले आफ्नो साझेदारी बारे बुधबार पत्रकार सम्मेलन गर्दै पूँजी अभावले आफ्नो योजना अगाडि बढाउन नसकिरहेका उद्यममा सहयोग लगानी सहयोग गर्ने बताएका हुन्।
 
अब ट्रु नर्थले एसएमइमा वान टु वाचमार्फत काम गर्ने छ। ट्रु नर्थमार्फत यसवाहेकका अन्य कामहरु हुने छन्। साझेदारीसँगै दुई करोड युरोको एसएमइ फण्ड स्थापनाको उद्देश्य पुरा हुने वान टु वाचका अध्यक्ष तथा प्रबन्ध निर्देशक विल्लेम ग्रिम्मिंकले बताए।
 
‘जसले दुई/तीन बर्षदेखि काम गरिरहेको छ र उसलाई अगाडि बढ्न पूँजी चाहिएको छ भने त्यस्तालाई वान टु वाचले सघाउने छ’ जोशीले भने। दुई संस्थाबीचको साझेदारीले नेपालको प्राइभेट इक्विटी तथा भेञ्चर क्यापिटल क्षेत्रको विकास गर्न उद्यमीलाई ब्यवसायिक सहायता प्रदान गरी लगानी जुटाउन मद्धत गर्ने ग्रिम्मिंकले बताए।
 
‘वित्तीय संस्थामा जाँदा धितोलगायतका कुराहरु आउँछन्’ उनले भने, ‘हो, त्यो धितोरहित हिसावले हाम्रो कम्पनीले उनीहरुलाई सघाउने छ।’

Tata
GBIME
Nepal Life