बुटवलमा रोजगार मेला, जागिर खोज्ने युवालाई उद्योग ब्यवसायमा दिलाइने, कसरी पाइन्छ जागिर

बिजमाण्डू
२०७५ बैशाख २० गते १०:०२ | May 3, 2018
बुटवलमा रोजगार मेला, जागिर खोज्ने युवालाई उद्योग ब्यवसायमा दिलाइने, कसरी पाइन्छ जागिर
रुपन्देही। नेपाल घरेलु तथा साना उद्योग महासंघ रुपन्देहीको आयोजनामा बुटवलमा ३ दिने रोजगार मेला आयोजना हुने भएको छ। नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्र र अन्तराष्ट्रिय श्रम संगठन आईएलओको आर्थिक सहयोगमा बुटवलमण्डपमा  २१ देखि २३ गतेसम्म रोजगार मेला हुने भएको हो।


 
बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरि स्वदेशी उद्योगलाई प्रबर्द्धन गर्ने उद्देश्यले मेला आयोजन गर्न लागिएको महासंघका अध्यक्ष कन्हैयालाल कसौधनले जानकारी दिए।
 
मेलामा रोजगारदाता र रोजगार लिने ब्यक्तिको दुई फरक डेक्स राखि तथ्याकं लिइने छ।  मेलाबाट छनौटमा परेका २० जनाले दक्षता अभिवृद्धि गर्ने तालिमको अवसर प्राप्त गर्ने छन्। मेला अवधिमा रुपन्देहीको उद्योग र दक्ष जनशक्तिको अवस्था चित्रण गर्ने गरि दक्ष जनशक्तिको माग र अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गरिने अध्यक्ष कसौधनले वताए। 
 
महासंघको प्रदेश नम्बर ५ का अध्यक्ष नेत्रप्रसाद पाठकले विदेश पलायन भएका युवाहरुलाई रोक्ने उद्देश्य प्रबर्द्धनका कार्यक्रमलाई प्राथमिकता दिने वताए। मेलामा १ सय ५० उद्योगी र आठ सय रोजगार खोज्ने युवाहरु आउने आयोजकको अपेक्षा छ। 

Tata
GBIME
Nepal Life