एप्पलसँगको विवादबाट पछि हट्यो सामसङ, ग्यालेक्सी एस थ्रीमा लोकल सर्च सुविधा हट्दै

बिजमाण्डू
२०६९ साउन ११ गते ००:०० | Jul 26, 2012
एप्पलसँगको विवादबाट पछि हट्यो सामसङ, ग्यालेक्सी एस थ्रीमा लोकल सर्च सुविधा हट्दै

न्युयोर्क । सामसुङले आफ्नो नयाँ स्मार्टफोन ग्यालेक्सी एस थ्रीमा रहेको लोकल सर्च सुविधा हटाएको छ । एप्पलसँग विभिन्न मुद्दा झेलिरहेको सामसुङले यो सुविधालाई लिएर थप झमेला हुने देखे पछि सुविधा हटाउने निर्णय गरेको हो । कम्पनीका अनुसार दुई महिनामा एक करोड एस थ्रिका सेट बिक्री भएका छन् ।
कम्पनीले नयाँ उत्पादनहरुमा सो सुविधा राख्ने छैन भने पुराना प्रयोगकर्ताहरुका लागि सफ्टवेयर अपडेट तयार गरेको छ । अपडेट गरेपछि सो सुविधा स्वतः हराउनेछ ।
एस थ्रिमा भएको लोकल सर्च सुविधाले प्रयोगकर्तालाई स्मार्टफोनमा रहेका कन्ट्याक्ट, गित, तस्वीर, एप्स लगायत अन्य सामाग्रीहरु सहजै खोज्न सक्थे । पहिले नै एस थ्रि खरिद गरेकाहरुले उपडेट नगरेको खण्डमा सो सुविधा चलाईरहन सक्नेछन् । सफट्वेयर तयार गर्ने कम्पनी गुगलले एस थ्रिका प्रयोगकर्ताहरुलाई यो अपडेटले लोकल सर्च सुविधा हटने जानकारी दिएको छैन ।  एप्पलले एस थ्रिमा भएको यो सुविधा आइफोन फोर एसमा भएको सिरीजसँग मिल्दोजुल्दो भएकाले सामसुङले आफ्नो प्याटेन्ट अधिकार मिचेको दावी गरेको छ । एप्पलको दावीमाथि वासिङटस्थित अदालतमा २० अगस्टमा सुववाई हुँदैछ ।

Tata
GBIME
Nepal Life