एउटै बस नभएको दिगो सार्वजनिक यातायातलाई रुट परमिट, २६ माइक्रोको रुट परमिट खारेज




काठमाडौं। यातायात व्यवस्था विभागले नयाँ बसपार्कदेखि रत्नपार्क चल्ने २६ वटा माइक्रो बसको रुट इजाजत खारेज गरेर दिगो सार्वजनिक यातायात प्रालिलार्इ नयाँ रुट इजाजत दिएको छ।
 
यातायात व्यवस्था विभागका प्रवक्ता तुल्सिराम अर्यालले दिगो सार्वजनिक यातायातलार्इ १७ वटा बस चलाउन पाउने गरि रुट इजाजत दिएको जानकारी दिए। दिगो सार्वजनिक यातायातसँग अहिले बस भने छैन। यो महिनाको अन्तिम सातासम्म बस  ल्याएर चलाउने कमिन्टमेन्ट गरेकाले रुट इजाजत दिएको विभागले जनाएको छ। त्यसैगरी यो रुटमा आउन चाहने सबै कम्पनीका लागि इजाजत खुल्ला गरिएको विभागका प्रवक्ता अर्यालले जानकारी दिए। 
 
यातायात व्यवस्था विभागले देशैभरिका सवारीसाध नचलाउने समितिका गाडीहरुको लगत संकलन गरेको छ।लगत संकलन गरेर अहिले रुट इजाजत खारेजका लागि विभागमा छलफल भैरहेको  विभागका प्रवक्ता अर्यालले जानकारी दिए। 
 
सरकारले राजपत्रमै सुचना प्रकाशन गरेर अत्यावश्यक सार्वजनिक  सेवा रोक्न नपाइने निर्णय गरेपनि नेपाल यातायात राष्ट्रिय महासंघको अगुवाइमा गाडि नचलाएर हड्ताल गरेपछि रुट इजाजत खारेज गर्न लागिएको हो। रुट इजाजत खारेज गरेपछि उक्त रुटमा नयाँ  कम्पनी फम वा सहकारीका बसहरुका लागि इजाजत खुल्ला गरिने यातायात व्यवस्था विभागले जनाएको छ। 
 
सिन्डिकेट धारी व्यवसायीले बस नचलाएपछि यो  रुटमा चल्ने माइक्रो बसको इजाजत खारेज गर्दै नयाँ इजाजत खुल्ला गरिएको हो। विभागका प्रवक्ता अर्यालले अब सार्वजनिक यातायात सिन्डिकेट रहित स्वच्छ प्रतिस्पर्धामा जाने दाबी गरेका छन्। 
 


Share this Story

   

एउटै बस नभएको दिगो सार्वजनिक यातायातलाई रुट परमिट, २६ माइक्रोको रुट परमिट खारेज को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.