ज्वेलरी उद्घाटन गर्न बलिउड नायिका करिश्मा कपुर नेपालमा, ‘नेपालले मलार्इ मोहित बनाउँछ’

बिजमाण्डू
२०७५ बैशाख २४ गते १३:५४ | May 7, 2018
ज्वेलरी उद्घाटन गर्न बलिउड नायिका करिश्मा कपुर नेपालमा, ‘नेपालले मलार्इ मोहित बनाउँछ’

काठमाडौं।दरबारमार्गमा रहेको मेरीगोल्ड ज्वेलरी उद्घाटन गर्न बलिउड नायिका करिश्मा कपुर काठमाडौं आएको छिन्।

Tata
GBIME
Nepal Life

सोमबार विहान काठमाडौं आएकी कपुरले ज्वेलरीको उद्घाटन गरिन्।याक एण्ड यति होटलमा बसेकी कपुर यही ज्वेलरी उद्घाटन गर्न मात्रै नेपाल आएकी हुन्।उद्घाटनको अवसरमा १५ वर्षपछि नेपाल आएको बताउँदै सगरमाथाको देश(नेपाल)को सुन्दरताले मोहित पार्ने गरेको बतार्इन्।‘पहिला म बलिउडको कार्यक्रममा आएकी थिए।अहिले ज्वेलरी उद्घाटन गर्ने अवसरले फेरी नेपाल ल्यायो’उनले भनिन्।

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भावना राणाले नेपालमा जेम्स एण्ड ज्वेलरीको सम्भावना धेरै रहेको बताउँदै अन्तर्राष्ट्रिय स्तरमा समेत आउटलेट खोल्नुपर्ने बतार्इन्।‘म यही मेरीगोल्ड र प्रवन्ध निर्देशक ज्योत्सना श्रेष्ठलार्इनै भारतको मुम्बर्इमा आउटलेट खोल्न आग्रह गर्छु।त्यसले  नेपालको जेम्स र ज्वेलरीको बजार समेत अन्तर्राष्ट्रियकरण बन्न सहयोग पुग्छ’उनले भनिन्।ज्वेलरीकी प्रवन्ध निर्देशक श्रेष्ठले पुस्तौदेखिको व्यापारलार्इ व्यवसायिक रुपमा अघि बढाउन खोजेको बतार्इन्।