यातायात व्यवसायी सिन्डिकेट हटाउन सहमत, आन्दोलनका कार्यक्रम फिर्ता, सरकारको कदमको स्वागत




काठमाडौं।आन्दोलनमार्फत सिन्डिकेट कायम राख्न खोज्ने यातायात व्यवसायी अन्तत सरकारसँग झुकेका छन्।



सरकारले सिन्डिकेट कायम राख्न आन्दोलन गर्ने व्यवसायीलार्इ धरपकड गर्न थालेपछि व्यवसायीले यातायात क्षेत्रको सिन्डिकेट हटाउन तयार हुँदै पाँच बुँदे सहमति गरेका छन्।सरकारसँग यातायात व्यवसायीले सार्वजनिक यातायात क्षेत्रलार्इ व्यवस्थित बनाउन चालिएको कदमको स्वागत गर्दै यातायात क्षेत्रको जुनसुकै प्रकारको सिन्डिकेट अन्त्य गर्ने सहमति गरेका छन्।

सिन्डिकेटको खारेजीको विरुद्धमा आन्दोलनमा उत्रिने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारसँग सहमति गरेको हो।महासंघले सबै आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ।महासंघले वैशाख २१  गते १ दिन र वैशाख २७ गतेदेखि अनिश्चितकालिन हड्तालको घोषणा गरेका थिए।विगतमा आन्दोलनमार्फत सरकारलार्इ घुँडा टेकाउने  गरेका व्यवसायी अहिले भने सरकारसँग घुँडा टेकेका छन्।सहमति अनुसार एउटा मात्रै सार्वजनिक गाडी भएका संचालकले पनि सवारी संचालन गर्न पाउनेछ।




Share this Story

   

यातायात व्यवसायी सिन्डिकेट हटाउन सहमत, आन्दोलनका कार्यक्रम फिर्ता, सरकारको कदमको स्वागत को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.