अम्बानीको भब्य ‘एन्टिलियामा’ इशा र आनन्दको इन्गेजमेन्ट,आनन्दको भाग्य यसरी बदलियो!

बिजमाण्डू
२०७५ बैशाख २५ गते १४:१८ | May 8, 2018
अम्बानीको भब्य ‘एन्टिलियामा’ इशा र आनन्दको इन्गेजमेन्ट,आनन्दको भाग्य यसरी बदलियो!


नयाँ दिल्ली।  सन् २०१५ मा भारतका रियल सेक्टरका युवा ब्यवसायी आनन्द पिरामलले दुईवटा ब्लकबस्टर डिलहरुको घोषणा गरे। उनले वारबर्ग पिंकसबाट १८०० करोड भारतीय रुपैयाँ फण्ड जुटाए। पहिलो फण्ड पाएको ठिक तीन हप्तापछि नै बिश्वप्रख्यात ग्लोबल इन्भेष्टमेन्ट बैंकिङ गोल्डम्यान साच्सबाट ९०० करोड रुपैयाँ लगानी भारत भित्र्याए।


 
भारतमा सन् २००८ पछि सबैभन्दा ठूलो प्रत्यक्ष बिदेशी लगानीका रुपमा आनन्दले ति लगानी भित्र्याएपछि रियल स्टेटको क्षेत्रमा ‘पिरामल रियल्टी’ र त्यसका एक्जेक्युटिभ डाइरेक्टर आनन्दले हाइट लिए। 
 
यो दुबै डिलहरुबाट आनन्दको भविष्य र उद्यमशीलताको उडानले उच्चता पाएको थियो किनभने त्यसबेला भारतमा रियल स्टेट सेक्टर भयानक निराशाजनक अवस्थाबाट गुज्रिरहेको थियो। 
 
आनन्दको चर्चा चुलिँदै गएको बेला सन् २०१५ मा नै इकोनोमिक टाइम्समा एउटा रिपोर्ट छापियो। रिपोर्टका अनुसार आनन्दले रियल सेक्टरमा चर्चा कमाउनु ठिक पाँच वर्षअघि अर्थात् सन् २०१० को गर्मी मौसममा आनन्द पिरामल अस्तित्वको गम्भीर संकटमा फसेका थिए। त्यसबेला हार्वर्ड बिजनेस स्कूलबाट पढाइ सकेर आफ्नो देश भारत फर्किएका आनन्दको जीवनले कुन मोड लिन्छ त्यसको कुनै टुंगो थिएन। 
 
उनी सामु आफ्ना सहपाठीहरुकै जस्तो जागिर सुरु गर्नुको बिकल्प थिएन। आनन्दकी बहिनी नन्दिनी पनि मकिन्जी कन्सल्ट्लयान्टको जागिर खान न्यूयोर्कको वालस्ट्रिटतिर हान्निएकी थिइन्। हार्बर्ड बिजनेस स्कूल पढेका आनन्दका सामु बैंकर वा प्राइभेट इक्विटी इन्भेष्टर हुने बाटो पनि खुला नै थियो।
 
त्यति नै बेला उनका पिताले पनि जीवनकै सबैभन्दा ठूलो निर्णय गरे। उनले पारिवारिक बिरासतको रुपमा रहेको औषधीको ठूलो कारोबार ३.८ अर्ब डलरमा बेचिदिए। अब त झन् आनन्दका सामु ‘फ्यामिली बिजनेस’ मा लाग्ने एकमात्र बाटो पनि बन्द भयो। 

पढाइकै क्रममा आनन्दले दुई वर्षसम्म रुरल हेल्थ तथा टेलिमेडिसिन स्टार्टअप सुरु गरेका थिए। ति स्टार्टअपहरु ठिकठिकै मात्र चलेका थिए।

Tata
GBIME
Nepal Life

तिनले खासै ठूलो सफलता पाएका थिएनन्। तर हाल यिनै स्टार्टअपहरु पिरामल ग्रुपको सामाजिक उत्तरदायित्व सिएसआरको एउटा पाटो बनेको छ। 

 
तर स्टास्टअपहरुले पनि सोचेजस्तो सफलता नदिएको र फ्यामिली बिजनेसअघि बढाउने बाटो बन्द भएपछि आनन्द जीवनको सबैभन्दा निर्णायक मोडमा पुगेका थिए।

आनन्दले ठोस निर्णय नलिए अस्तित नै संकटमा पर्ने पक्का थियो। अनि उनले मन दह्रो बनाएर निर्णय गरे- ‘अब न्यूयोर्क गएर जागिर खानुको कुनै बिकल्प छैन।’

 
ब्यापारमा होमिन नसकेपछि अमेरिका गएर जागिर खाने मुड बनाएका आनन्दले एकदिन पारिवारिक निकटता भएका मुकेश अम्बानीलाई भेटे। मुकेशसँग त्यहि भेट आनन्दको जीवनको टर्निङ प्वाइन्ट बन्यो। भारत छोडेर जागिर खान न्यूयोर्क जान लागेका निराश आनन्दलाई त्यसबेला अम्बानीले ‘गुरुमन्त्र’ का रुपमा भनेका थिए- ‘उद्यमको दुनियाँमा पाइला राख्नु क्रिकेट खेल्नु हो। अनि कन्सल्ट्यान्ट बन्नु क्रिकेट हेरेर कमेन्ट गर्ने कमेन्टेटर जस्तै हो।’
 
क्रिकेट मुकेश अम्बानीको प्रिय खेल हो। उनले त्यहि क्रिकेटसँग ब्यापारलाई तुलना गर्दै आनन्दलाई भने- ‘भविष्यमा तिमीलाई क्रिकेट नै खेल्नु छ भने समय नष्ट नगरिकन ३० वर्षकै उमेरमा आफ्नो लक्ष्यमा पुगिसक्नु। अर्थात् क्रिकेटमै टिकिरहनु।’ 
 
गुरुका रुपमा मुकेश अम्बानीले आनन्दलाई भने- ‘खेलमा होमिउ गल्ती गर तर पनि निरन्तर संघर्ष गरिराख। मैदानमा सफलता निश्चित छ।’
 
मुकेशका यिनै कुराहरुबाट आनन्द प्रभावित बने। चरम निराशाबाट बाहिर निस्केर आनन्दले पखेँटा फिँजाए। न्यूयोर्कमा जागिर खाने योजना त्यागिदिए अनि रियल स्टेटको बिजनेस सुरु गरे।  
आनन्दलाई त्यसबेला एचडिएफसी बैंकका संस्थापक दिपक पारेख तथा हार्बड बिजनेस स्कूलका डिन नितिन नोहरियाले पनि धेरै सुझाव दिए। आनन्दले यी गुरुहरुलाई आफ्नो कम्पनी पिरामल रियल्टीको सल्लाहकार समितिमा राखे।

समयसँगै आनन्दले ब्यापार बिस्तार गर्दै गर्दा उनको सल्लाहकार टिममा एमारका पूर्व सिइओ रोबर्ट बुथ, मकिंजीका निर्देशक सुब्बु नारायणसामी पनि समेटिए। 

 
आनन्दले आफ्ना आमाबुवाबाट अध्यात्मको शिक्षा पनि पाएका थिए। उनी भन्छन्- ‘सुरुदेखि नै हामीले गीताको शिक्षा पाएका थियौं। म यस्तो किसिमको ब्यापार गर्न चाहन्थे जहाँ राम्रो कमाइ त हुन्छ नै त्यसबाटै समाजका लागि केही योगदान समेत गर्न सकियोस्।’

त्यसैले त आनन्दले हार्वर्ड पढ्दा नै सुरु गरेको दुई स्टार्टअप आज पिरामल इन्टरप्राइजेजकै भगिनी संस्थाका रुपमा संचालित छ। पिरामल रियल्टीभन्दा अघि नै उनले ग्रामीण स्वास्थ्यका लागि पिरामल स्वास्थ्यको स्थापना गरेका थिए जस अन्तर्गत एक दिनमा ४० हजार भन्दा बढी बिरामीहरुको उपचार हुन्छ।

 
आमाबुवाबाट उनले पाएको अर्को शिक्षा थियो ‘जीवनमा सफलता पाउन राम्रा मानिसको संगतमा रहनुपर्छ’। आज आनन्दले जसको संगत गरेर अनि जसलाई गुरु थापेर उनी रियल सेक्टरको बिजनेसमा होमिए। उनै मुकेश अम्बानीकी एकमात्र छोरी इशासँगै आनन्दको बिवाहको टुंगो लागेको छ। 
 
मुकेशकी २६ वर्षिया छोरी इशा र ३३ वर्षका आनन्दको सोमबारमात्रै इन्गेजमेन्ट भएको छ। अम्बानीको भब्य भवन एन्टिलियामा इशा र आनन्दले औंठी साट्दा भारतका प्रशिद्ध उद्यमी, ब्यापारी, क्रिकेटर तथा बलिउडका सेलिब्रेटीहरुको बाक्लो उपस्थिती रहेको थियो। उनीहरु आगामी डिसेम्बरमा बिबाह गर्दैछन्। ४० वर्षदेखि निकट सम्बन्ध रहेको भारतका दुई ठूला ब्यापारिक घराना पिरामल र अम्बानी परिवारको अब नाता पनि गाँसिएको छ। 
 

हार्वर्ड बिजनेस स्कूलबाट बिजनेस एडमिनिस्ट्रेसनमा पोष्ट ग्रयाजुएसन आनन्द पिरामल इन्टरप्राइजेजका इक्ज्युकेटिभ डाइरेक्टर छन्। इशा अम्बानी रिलायन्स जियो तथा रिलायन्स रिटेलको बोर्ड सदस्य हुन्।

रिलायन्स जियोको आइडिया इशाकै भएको भन्दै मुकेशले कम्पनीको सम्पूर्ण श्रेय इशालाई नै दिइरहेका छन्। इशाले विश्वविख्यात याल युनिभर्सिटीबाट साइकोलोजी तथा साउथ एशियन स्टडिजमा ग्रयाजुएसन गरेकी छिन्। हाल उनी बिजनेस एडमिनस्ट्रेसनमा मास्टर्स पनि गरिरहेकी छिन्। 

 
आनन्द इन्डियन मर्चेन्ट चेम्बर यूथ विङका अध्यक्ष समेत बनिसकेका छन्। यूथ विङका अध्यक्ष बन्ने  आनन्द सबैभन्दा कम उमेरका उद्यमी हुन्।