पशुपति सेभिङको दोस्रो सेवा केन्द्र डिल्लीबजारमा, विना धितो दुई लाखसम्मको स्वरोजगार कर्जा

बिजमाण्डू
२०७० असार १ गते ००:०० | Jun 15, 2013
काठमाडौं । पशुपति सेभिङ एन्ड क्रेडिट को–अपरेटिभले शनिवारदेखि आफ्नै डिल्लीबजारमा दोस्रो सदस्य सेवा केन्द्र सुरु गरेको छ ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव तथा सहकारी विभागका पूर्व कानुनी अधिकृत राजेन्द्र नेपालले सेवाकेन्द्रको उद्घाटन गरे ।  जमलमा रहेको पशुपति रेमिटको सेवा त्यही भवनबाट सुरु हुनेछ । सदस्यलाई सर्वसुलभ रुपमा वित्तीय सेवा पु¥याउन संस्थाले दोस्रो सेवा केन्द्र विस्तार गरेको हो । कुमारीपाटीमा केन्द्रीय कार्यालय रहेको संस्थाले कान्तिपथ शाखा र गठ्ठाघर सेवा केन्द्रबाट कारोबार संचालन गरिरहेको छ । 
ग्रामीण भेगका युवा तथा कृषकहरुलाई स्वरोजगार बनाउने लक्ष्यसहित ‘स्वरोजगार कर्जा’, विदेश जाने युवाका लागि ‘वैदेशिक रोजगार कर्जा’ र साना जलविद्युत आयोजनाका लागि ‘लघु जलविद्युत कर्जा’ कार्यक्रम सुरुवात गरेको छ । 
स्वरोजगार कार्यक्रम अन्र्तगत काभ्रे, नुवाकोट र चितवन जिल्लाका ग्रामीण इलाकामा कृषिजन्य व्यवसायका लागि ऋण प्रवाह गरिने संस्थाले जनाएको छ । पहिलो चरणमा प्रत्येक जिल्लामा समुह बनाएर व्यवसायिक तरकारी खेती, माछापालन, कुखरापालन, बंगुरपालनलगायतका कृषि व्यवसाय संचालन गर्न प्रत्येक जिल्लामा एक ÷एक करोड रुपैयाँ लगानी गरिने संस्थाले जनाएको छ । संस्थाका अध्यक्ष सिवी लामाले कार्यक्रममा आयोजनाका आधारमा प्रतिव्यक्ति विना धितो २ लाख रुपैयाँसम्म कर्जा दिइनेछ ।   कार्यक्रमबाट पहिलो चरणम एक हजार भन्दा बढी युवाहरुलाई स्वरोजगार बनाई उनिहरुको आर्थिकस्तर बढाउने लक्ष्य लिइएको उनले बताए ।  वैदेशिक रोजगार कर्जा अन्र्तगत विदेश जाने युवाहरुलाई अधिकतम दुई लाख रुपैयाँसम्म कर्जा प्रवाह गरिने लामाले बताए । लामाका अनुसार लघु जलविद्युत कर्जा अन्र्तगत साना जलविद्युत आयोजनालाई २५ लाख रुपैयाँसम्म कर्जा प्रवाह गरिनेछ । 
डिभिजन सहकारी कार्यालय ललितपुरमा दर्ता भई २०५५ साल भदौ २५ गतेबाट कारोबार सुरु गरेको संस्थाले हालसम्म ५ हजार ३ सय सदस्यलाई सेवा दिइरहेको छ ।

Tata
GBIME
Nepal Life