कामना सेवा विकास बैंक मर्जपछि शाखा बिस्तारमा एग्रेसिभ, एकवर्षमा ४३ शाखा विस्तार

बिजमाण्डू
२०७५ बैशाख २७ गते १७:१२ | May 10, 2018

काठमाडौं। कामना सेवा विकास बैंकले एक सातामै चार ठाउँमा शाखा विस्तार गरेको छ।

Tata
GBIME
Nepal Life

यो साता बैंकले रुपन्देहीको फर्साटीकर बजार, दाङको लमही बजार, कैलीको अत्तरिया बजार र रोल्पाको होलेरी बजारमा आफ्नो शाखा विस्तार गरेको छ।
यसअघि हालै बैंकले काठमाडौंको ज्ञानेश्वर, धादिङको गल्छी बजारमा खोलिसकेको बताएको छ।

बैंकले बैशाख महिनाभित्र लम्जुङको सुन्दरबजार र पर्वतको कुस्माबजार शाखा विस्तार गर्ने र जेठ महिनाभित्र मुलुकको विभिन्न ग्रामीण क्षेत्रमा ११ वटा शाखा विस्तार गर्ने जानकारी दिएको छ।

हालसम्म बैंकको कुल शाखा ४६ पुगेको छ। बैंकले आफ्नो  चुक्तापुँजी दुई अर्ब २८ करोड, निक्षेप १४ अर्ब ३७ करोड र कर्जा १३ अर्ब २५ करोड रहेको जनाएको छ।

बैंकले गत साउनमा मर्ज पश्चात शाखा बिस्तार तीब्र बनाएको थियो।