काठमाडौं । भारतको अनलाइन मार्केटिङ वेवसाइट म्याड ओभर मार्केटिङ (एम.ओ.एम)ले नेपालको गोर्खा बियरको ‘हामी गोर्खाली’ क्याम्पेनलाई मन पराएको छ। एम.ओ.एमले ‘हामी गोर्खाली’ क्याम्पेनलाई आफ्ना अनलाइन प्ल्याटफर्म (फेसबुक, इन्ष्टाग्राम पेजमा समेत सेयर गरेको छ ।
गोर्खा बियरको यो नयाँ क्याम्पेनमा ‘हामी गोर्खाली’ भन्ने वाक्यांशलाई मुख्य सन्देश बनाइएको छ भने खुकुरीको छाँया कृतिबाट त्यसलाई प्रतिविम्वित गरिएको छ। सोसल मिडिया प्ल्याटफर्ममार्फत निरन्तररुपमा अर्थपूर्ण मार्केटिङ कन्टेन्ट र आइडियालाई पेश गर्ने कारण एम.ओ.एमलाई विश्वभरि रुचाइन्छ।
गोर्खा बियर क्याम्पेनको प्रशंसा गर्दै एम.ओ.एमले भनेको छ, यो क्याम्पेनले गोर्खा बियरको ब्राण्ड भ्याल्युलाई राम्रोसँग अभिव्यक्त गरेको छ। गोर्खा बियरलाई गोर्खालीको साहससँग आवद्ध गरेर कम्पनीले फेरि एक पटक सही ठाउँमा निशाना लगाउन सफल भएको छ।