बेलायतको हाइइन्ड सेग्मेन्टका जुत्ताचप्पल नेपालमा, विश्वज्योती मलको सुप्रिम फेसनमा पाइने

बिजमाण्डू
२०७५ बैशाख २९ गते १७:४६ | May 12, 2018
बेलायतको हाइइन्ड सेग्मेन्टका जुत्ताचप्पल नेपालमा, विश्वज्योती मलको सुप्रिम फेसनमा पाइने

काठमाडौं।बेलायतको लोकप्रिय ब्राण्ड एनपिएसका उत्पादन नेपाली बजारमा आएको छ। काठमाडौं जमलस्थित विश्व ज्योति मलमा रहेको सुप्रिम फेशनमा एनपिएसका उत्पादन पाइनेछ।

Tata
GBIME
Nepal Life

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले शनिबार एक कार्यक्रमबीच शोरुमको उद्घाटन गरे । कार्यक्रममा उनले विदेशी ब्रान्डका सामान मुलुकभित्रै पाउनु सुखद भएको बताउँदै बेलायतमा उत्पादन गुणस्तरीय हुने भएकाले उपभोक्ताको रोजाईँमा पर्ने विश्वास व्यक्त गरे।उनले विदेशी ब्राण्डका शोरुम नेपालमै खुलेमा सपिङकै लागि विदेश जाने परम्परा अन्त्य हुने बताए।

बेलायतमै उत्पादन भएको सामान बिक्री गर्ने यो पहिलो शोरुम हो।१ सय ३० वर्ष अघि हस्तनिर्मित उत्पादन सुरु गरेको उद्योगमा अहिले अत्याधुनिक प्रविधि प्रयोग गरेर सामान उत्पादन गर्दैै आएको छ।एनपिएसका उत्पादन विश्वका चर्चित सेलिब्रेटीले लगाउँदै आएका छन्।

सुप्रिम फेसन इन्टरनेसनलकी सञ्चालक अनुराधा ती सामान बेलायतबाट सिधै आयात गरेर बिक्री गरिने बतार्इन्।सन् १८८१ देखि बेलायमाउत्पादन सुरु गरी ख्यातीकमाएको एनपीएस कम्पनीकाआकर्षक जुत्ता, युल ब्रान्डकाजुत्ता र चप्पल, सिपाहीँ एन्ड कम्पनी काइको लक्जरी लेदर बेल्ट, ओवन वेरी ब्रान्डका लेडिज ब्याग, स्टार चाइल्ड ब्रान्डका बच्चाका जुत्ताचप्पल लगायत सामान नेपालमा उपलब्ध हुने उनले बतार्इन्।

उद्घाटनको अवसरमा एक सातासम्म विभिन्न सामानमा १० प्रतिशत छुट दिने श्रेष्ठ बतार्इन्। कम्पनीका अनुसार बच्चाको जुत्ता तीन हजार रुपैयाँदेखि सुरु हुनेछ।जेन्ट्स जुत्ताको मूल्य १०हजार रुपैयाँदेखि २९ हजार रुपैयाँसम्मको रहेको बताउँदै जेन्ट्स ब्याग १२ हजार रुपैयाँदेखि ३० हजार रुपैयाँसम्म पर्ने श्रेष्ठले जानकारी दिर्इन्।कम्पनीका अनुसार जेन्ट्स बेल्टको मूल्य १२ हजार रुपैयाँदेखि १७ हजार रुपैयाँसम्मको पाइनेछ।

लेडिज जुत्ता १० हजार रुपैयाँबाट सुरु हुने र २५ हजार रुपैयाँसम्मको पाइने कम्पनीले जनायो।कम्पनीका अनुसार लेडिज ब्याग १२ हजार रुपैयाँदेखि २७ हजार रुपैयाँसम्मको पाइन्छ।