एमाले र माओवादी केन्द्रको एकीकरणले शेयर बजार बाउन्स ब्याक होला? लगानीकर्ताको यस्तो छ धारणा

बिजमाण्डू
२०७५ जेठ ३ गते ११:३५ | May 17, 2018

काठमाडौं। चुनावी गठबन्धनका रुपमा अघि बढेको नेकपा एमाले तथा माओवादी केन्द्रले औपचारिक रुपमा आज एकीकरण हुँदैछ।

Tata
GBIME
Nepal Life

सरकारमा सहभागी दुर्इ दलनै एकीकरण भएपछि पाँच वर्ष स्थीर सरकार संचालन हुने अपेक्षा गरिएको छ।पाँच वर्षमा स्थीर सरकार भए शेयर बजारमा कस्तो असर गर्ला?लगानीकर्ता भन्छन्-‘वाम एकताले राजनीतिक स्थिरतासँगै सरकारको स्थायित्व समेत प्राप्त गर्ने भएकाले शेयर बजारमा सकारात्मक प्रभाव पार्छ।‘

निरञ्जन टिवरेवाला
बाम गठबन्धन एकीकरण भएमा मुलुक राजनीतिक स्थिरतातर्फ जानेछ।।राजनीतिक अन्यौंलता पनि समाप्त हुनेछ।राजनीतिक अस्थिरताको अन्त्य भएपनि सरकारको आर्थिक नीति महत्वपूर्ण हुन्छ।

आर्थिक नीतिका लागि बजेटलार्इ लगानीकर्ताले पर्खिएका छन्।बजेटले आर्थिक नीति रिफ्लेक्ट गर्छ।जुनसुकै राजनीतिक सिद्धान्त बोकेपनि अबको बाटो भनेको आर्थिक समृद्धि र विकासको हो।सरकारले गुड गभर्नेन्स कायम गर्नेतर्फ पनि आफ्नो कदम अघि बढाइसकेको छ।त्यसले समग्र अर्थतन्त्रलार्इ राम्रो गर्छ।राजनीतिक स्थिरतासँगै आगामी दिन शेयर बजारको भबिष्य उज्ववल छ।

अम्बिकाप्रसाद पौडेल
विगत केही समयदेखि राजनीतिक अस्थिरता कायम रहन्छ कि भन्ने अन्यौंलताको आज अन्त्य हुँदैछ। अवको राजनितिक स्थायित्व सँगै मुलक समृद्धि तर्फ उन्मुख हुन्छ र सोहि अनुरुप पूँजी बजारको विकास र विस्तार भइ अपेक्षाकृत लाभ लिन सकिन्छ। सबैले कल्पना गरेको समृद्धिको बाटो तय हुँदैछ।राजनीतिक कोर्ष पूरा भएर आर्थिक समृद्धिको बाटो जाने भएकाले पूँजी बजारको भबिष्य सुन्दर देखिन्छ। 

मेख थापा
बाम एकताले शेयर बजारमा खासै असर गर्दैन्।यो हिजोकै एजेण्डा हो।एकतासँगै राजनीतिक स्थिरता आउने आशा भने गर्न सकिन्छ।स्थिरतासँगै आर्थिक विकासमा पनि आशा गर्न सकिन्छ।यसले समग्रमा शेयर बजारमा सकारात्मक प्रभाव पार्छ।

सुरज अधिकारी
दुर्इ पार्टीको एकता सँगै साना लगानीकर्तामा सकारात्मक सन्देश गएको छ। यसले गर्दा स्थीर सरकार बन्नेछ। यसले भोलिका दिनमा हुने आर्थिक समृद्धिको ढोका पनि खुला गरेको हुँदा शेयर बजारमा पनि आशा गर्ने ठाउँ छ।

तर ठूला लगानीकर्ताले बजारमा एक किसिमको पकड जमाएर बसेका छन्। उनीहरु सरकारले ल्याउने बजेटलार्इ कुरेर बसिरहेका छन्।बजेटसम्म मात्रै शेयर बजारले लिने बाटो तय हुन्छ।