रैराङ हाइड्रोपावरको आइपिओ भर्ने आज अन्तिम दिन, आस्वाप्रणालीबाट दिन सकिन्छ आवेदन




काठमाडौं। रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले निष्काशन गरेको प्राथमिक शेयर भर्ने आज अन्तिम दिन हो। कम्पनीले सोमबार देखि ८ लाख ४० हजार कित्ता आइपिओ निष्काशन निष्काशन गरेको हो। बुधबारसम्ममा ६ गुणा भन्दा धेरैको आवेदन परिसकेको छ।

आवेदकले न्युनतम ५० कित्ता र अधिकतम ४२ सय कित्तासम्मको लागि आवेदन दिन पाउने छन्। प्रति साधारण शेयर १०० रुपैयाँको दरमा ८ लाख ४० हजार कित्ता मध्ये कर्मचारीहरुको लागि ३३ हजार ६ सय र ४२ हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्टाइएको छ भने बाँकी ७ लाख ६४ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन पाउने छन्।


कम्पनीले जम्मा पूँजीको २५ प्रतिशत सार्वजनिक रुपमा शेयर निष्काशन गरेर जुटाउने छ। जसमध्ये १० प्रतिशत यस स्थानीय प्रभावित क्षेत्रमा निष्काशन गरिसकेको छ। कम्पनीको जारी पूँजी ५६ करोड रुपैयाँ रहेको छ। जसमध्ये संस्थापक शेयर धनीको तर्फबाट हालको चुक्ता पूँजी ४२ करोड रुपैयाँ रहेको छ।

सार्वजनिक शेयर निष्कासनपछि कम्पनीको चुक्ता पूँजी ५६ करोड रुपैयाँ पुग्ने छ। कम्पनीको पूँजी संरचना संस्थापक शेयरधनीको ७५ प्रतिशत, प्रभावित क्षेत्रका शेयरधनीको १० प्रतिशत र सर्वसाधारणको १५ प्रतिशत रहेको छ।

यो प्रस्ताव आह्वान गर्दासम्म कम्पनीले निर्माण गरेको आयोजनाको काम ९० प्रतिशत सकिइसकेको र आगामी जेठ १ गतेदेखि व्यावसायिक उत्पादन सुरु गर्ने कम्पनीले जनाएको छ।

आयोजनाको जम्मा लागत एक अर्ब ६० करोड रुपैयाँ रहेको छ। ९.९ मेगावटा क्षमताको उक्त आयोजनाको प्रतिमेगावाट लागत १६ करोड १६ लाख रुपैयाँ रहेको छ।

कम्पनीको इक्रा रेटिङ 'इक्रा आइपिओ ग्रेड ४' रहेको छ। आवेदकले धितोपत्र बोर्डबाट आस्वा सुविधाको अनुमति लिएका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन पाउने एनआइविएल एस क्यापिटलले जनाएको छ।
 
 

Share this Story

   

रैराङ हाइड्रोपावरको आइपिओ भर्ने आज अन्तिम दिन, आस्वाप्रणालीबाट दिन सकिन्छ आवेदन को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.