सेनाले तयार पार्यो चीन जोड्ने मैलुङ-स्याफ्रुवेशी सडक, अर्को साता सरकारलाई हस्तान्तरण




काठमाडौं। नेपाली सेनाले मैलुङ-स्याफ्रुवेशी १७ किलोमिटर सडक निर्माण सकेको छ। २०७२ बैशाखबाट ट्रयाक खोल्ने काम सुरु गरेको सेनाले अर्को दुर्इ बर्षमा सडक दुर्इ लेनको तयार पारेको हो।


 
नेपाली सेनाका प्रवक्ता सहायक रथी गोकुल भण्डारीका अनुसार, सडक निर्माण पुरा भर्इ स्तरोन्तीको काम समेत भैसकेको छ। उनले जतिसक्दो छिटो सडक विभागलार्इ हस्तान्तरण गर्न लागिएको जानकारी दिए। 
 
‘सडक निर्माण सकेर स्तरोन्नतिसमेत पुरा भैसकेको छ, आइतबार सडक हस्तान्तरण गर्ने कि भन्ने सोचमा छौ, अर्को सातासम्म सडक विभागलार्इ हस्तान्तरण गरिसक्छौ’ उनले भने।
 
नेपाली सेनाले सडक विभागलार्इ हस्तान्तरण गरेपछि विभागले कालोपत्रेको काम अघि बढाउने छ। सेनाका अनुसार यो सडक खण्ड भौगोलिक अवस्था हेरी ९ देखि ११ मिटरसम्म विस्तार गरिएको छ। कठिन भौगोलिक अवस्था भएपनि सेनाले सरकारले तोकेको समायावधि भित्रै सडक निर्माण पुरा गरेको दाबी गरेको छ। 
 
चीन जोड्ने सबैभन्दा छोटो नाका भएकाले यो सडकले विशेष महत्व राख्दछ। यो १७ किमी सडक निर्माण भएसँगै गल्छी-वेत्रावती-मैलुङ-स्याफ्रुवेशी-रसुवागढी जोडिने सडकले काठमाडौलार्इ चीनसँग सबैभन्दा छोटो दुरीमा जोड्छ। 
 
अहिले सञ्चालनमा रहेको पासाङ ल्हामु मार्गको काठमाडौ-वेत्रावती-धुन्चे हुदै रसुवागढी जोड्ने सडक भन्दा यो सेनाले बनाइरहेको सडक करिव २५ किलोमिटर छोटो पर्छ। काठमाडौबाट वेत्रावती-धुन्चे हुदै रसुवागढी जोड्ने सडकको दुरी १ सय ४५ किमी छ।


 
काठमाडौ वेत्रावती-मैलुङ-स्याफ्रुवेशी हुदै रसुवागढी जोड्ने सडकको दुरी १ सय २० किमी छ। वेत्रावतीदेखि धुन्चे हुदै स्याफ्रुवेशी सडकमा उकालो र ओरालो हुँदै ३५ वटा कठिन घुम्ती पार गर्नुपर्ने भएपनि मैलुङतर्फबाट कुनै घुम्ती नभएको सेनाको दाबी छ।
 
सडक निर्माण भएसँगै रसुवागढीदेखि धादिङको गल्छीसम्मको दुरी ८४ किमीको हुनेछ। गल्छीबाट काठमाडौसम्मको दुरी ५० किमीको छ। काठमाडौबाट केरुङ ४ घण्टामा पुग्न सकिन्छ। रसुवागढी नाकाबाट नेपालतर्फको १५ किमी सडक चीन सरकारले अनुदानमा दुर्इलेनको पक्की बनाइदिने सम्झौता गरेर काम अघि बढाएको छ। सरकारले पनि टोखा छहेर ४ किमी सुरुङमार्ग र ३५ किमी गल्छी जोड्ने सडक बनाउने योजना समेत बनाएको छ। यो सुरुङमार्ग र सडक साढे दुर्इ घण्टामै केरुङ पुग्न सकिन्छ।
 
नेपाली सेनाले अहिलेसम्म साना ठूला गरि १५ सय किमी सडक निर्माण गरेर सरकारलार्इ हस्तान्तरण गरिरहेको छ। भने करिव ६०१ किमी सडकमा काम गरिरहेको छ। काठमाडौलार्इ तरार्इ मधेश जोड्ने फाष्ट ट्रयाकमा समेत काम गरिरहेको छ। आगामी तीन बर्षमा सक्ने लक्ष्यका साथ काम भैरहेको सेनाले जनाएको छ। 


Share this Story

   

सेनाले तयार पार्यो चीन जोड्ने मैलुङ-स्याफ्रुवेशी सडक, अर्को साता सरकारलाई हस्तान्तरण को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.