‘इक्रा आइपिओ ग्रेड ४’ रहेको रैराङमा १७ गुणा बढी आवेदन, किन आकर्षित भए लगानीकर्ता?

बिजमाण्डू
२०७५ जेठ ३ गते २१:१५ | May 17, 2018
काठमाडौं। रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको प्राथमिक शेयरमा १७ गुणा बढी आवेदन परेको छ।हाइड्रोपावरले सोमबारदेखि निष्कासन गरेको आइपिओमा १७ गुणा बढी आवेदन परेको हो।

Tata
GBIME
Nepal Life

कम्पनीले सोमबार देखि ८ लाख ४० हजार कित्ता आइपिओ निष्काशन गरेको थियो।तर लगानीकर्ताले एक करोड ३६  लाख ३८ हजार कित्ता आवेदन हालेका छन्।विहिवार बेलुकीसम्मको तथ्याङ्क अनुसार एक लाख ७७ हजार ३ सय ५० आवेदकबाट  एक अर्ब ३६ करोड ३८ लाख रुपैयाँ बराबरको आवेदन परेको छ। जुन मागभन्दा १७ गुणा बढी हो।मेरो शेयर अनलाइनमार्फत ५० प्रतिशतले आवेदन दिएका छन्। कुल आवेदनमा ८७ हजार ९९१ आवेदकले घरैबाट आबेदन दिएका हुन्।    

 
कम्पनीले सोमबारदेखि ८ लाख ४० हजार कित्ता आइपिओ निष्कासन गरेको थियो। जसमा कर्मचारीहरुको लागि ३३ हजार ६ सय र ४२ हजार कित्ता सामूहिक लगानी कोषको लागि छुट्याइएको थियो भने बाँकी ७ लाख ६४ हजार कित्ताका सर्वसाधारणको लागि खुला गरिएको थियो।
 
सार्वजनिक शेयर निष्कासनपछि कम्पनीको चुक्ता पूँजी ५६ करोड रुपैयाँ पुग्ने छ। कम्पनीको पूँजी संरचना संस्थापक शेयरधनीको ७५ प्रतिशत, प्रभावित क्षेत्रका शेयरधनीको १० प्रतिशत र सर्वसाधारणको १५ प्रतिशत रहेको छ।यो प्रस्ताव आह्वान गर्दासम्म कम्पनीले निर्माण गरेको आयोजनाको काम ९० प्रतिशत सकिइसकेको र आगामी जेठ १ गतेदेखि व्यावसायिक उत्पादन सुरु गर्ने कम्पनीले जनाएको छ।
 
आयोजनाको जम्मा लागत एक अर्ब ६० करोड रुपैयाँ रहेको छ। ९.९ मेगावटा क्षमताको उक्त आयोजनाको प्रतिमेगावाट लागत १६ करोड १६ लाख रुपैयाँ रहेको छ।
 
कम्पनीको इक्रा रेटिङ 'इक्रा आइपिओ ग्रेड ४' रहेको छ।