चार करोड लगानीमा पूर्ण स्वचालित रेगुलेटर उद्योग खुल्यो, कलश ब्राण्डमा रेगुलेटर बेच्ने

बिजमाण्डू
२०७५ जेठ ६ गते १२:५७ | May 20, 2018
चार करोड लगानीमा पूर्ण स्वचालित रेगुलेटर उद्योग खुल्यो, कलश ब्राण्डमा रेगुलेटर बेच्ने


काठमाडौं।सत्यसार्इ सेफ्टी डिभाइस प्रालिले कलश ब्राण्डमा ग्यास रेगुलेटर उत्पादन थालेको छ।

Tata
GBIME
Nepal Life

चार करोड लगानीमा नवलपरासीको कावासोतीमा रहेको उद्योगले मासिक ८० हजार रेगुलेटर उत्पादन गर्ने जनाएको छ।उद्योगका संचालक ज्ञानेश्वर अर्यालले खाना पकाउने ग्यासका विभिन्न रेगुलेटर उत्पादन सुरु भएको बताउँदै गुणस्तरमा कुनैपनि सम्झौंता नगरिएको बताए।

‘ग्यासमा सबैभन्दा संवेदनशील भनेको रेगुलेटरनै हो।रेगुलेटर राम्रो भएन भने ग्यासमा दुर्घटना हुन्छ।त्यसैले हामीले गुणस्तरीय रेगुलेटर उत्पादन थालेका छौं’उनले बिजमाण्डूसँग भने,हामीले उद्योग स्थापनामा समेत कुनै कम्प्रोमाइज गरेका छैनौं।मेशिनरी समेत अत्याधुनिक ल्याएका छौं।यो स्वचालित प्लान्ट पनि हो।‘ कलश ब्राण्डले नेपाल गुणस्तर चिन्ह पाइसकेको छ।

अर्यालले भारतमा काम गरेका दक्ष जनशक्तिलार्इ ल्याएको बताए।‘हिन्दुस्तान वायरमा १२ वर्ष काम गरेका प्राविधिकलार्इ हामीले ल्याएर काम गराइरहेका छौं।जनताको भान्छासम्म पुग्ने र संवदेशनशील वस्तु समेत भएकाले हामीले रेगुलेटर निर्माणमा सचेतता अपनाएका हौं।’उनले भने।रेगुलेटरलार्इ आवश्यक पर्ने कच्चा पदार्थ भारतबाट आयात गर्दै आएको उनले बताए।‘रेगुलेटर बनाउँदा कच्चा पदार्थ समेत राम्रो हुनुपर्छ।भारतमा राम्रा भनिएका उद्योगले प्रयोग गरिरहेका कच्चा पदार्थ ल्याएर हामीले रेगुलेटर बनाइरहेका छौं’अर्यालले भने।१४ कठ्ठा जमीनमा रहेको यो उद्योगमा अर्याल वाहेक डिल्लीराम चौलागार्इ र शंकर खरेल साझेदार रहेका छन्।