१७ अंकले बढेको बजार अन्तत: घटेर बन्द भयो, नीति तथा कार्यक्रमको अघिल्लो दिन किनबेच सुस्त

बिजमाण्डू
२०७५ जेठ ६ गते १५:३२ | May 20, 2018
१७ अंकले बढेको बजार अन्तत: घटेर बन्द भयो, नीति तथा कार्यक्रमको अघिल्लो दिन किनबेच सुस्त
काठमाण्डौं। कारोवारको पहिलो आधा घण्टामा १७ अंक बढेको शेयर वजार अन्तमा घटेर बन्द भएको छ। आगामी बर्षको नीति तथा कार्यक्रम सार्बजनिक हुनु एक दिनअघि आइतवार शेयर वजार मापक सूचक ०.४६ अंकले घटेर १३३९.३९ अंकमा झरेको हो। 
 
कारोवारको पहिलो आधा घण्टामै १७ अंक बढ्दै सूचक १३५६ अंकमा उक्लिएको थियो। त्यसपछि विस्तारै ओर्लिएको बजार दुई बजेपछि रातो भएको थियो। कारोवारको अन्तिम आधा घण्टामा बजार तीन अंक सुध्रिँदा सूचक ०.४६ अंक घट्दै बन्द भएको हो। 
 
आइतवार १५९ कम्पनीका १९ लाख ८५ हजार कित्ता शेयर ३४ करोड ८२ लाख रुपैयाँमा खरिद बिक्रि भएका छन्। सबैभन्दा बढि मिर्मिरे माइक्रो फाइनान्सको दुई करोड ३६ लाख रुपैयाँ वरावरको शेयर कारोवार भएकव छ। 
 
उपसूचक मिस्रित देखिएका छन्। नौ समुहको कारोवारमा पाँच समुह घटेका छन् भने चार समुह बढेका छन्। बैक १.७८, होटल १९.५५, फाइनान्स ०.०२, उत्पादन मुलक ११.६४ र अन्य ०.३२ अंकले घटेका छन्। विकास बैक १.०३, जलविद्युत ०.८४, बीमा १९.७६ र लघुवित्त ७.९ अंकले बढेका छन्। 
 
आइतवार सबैभन्दा बढि मिर्मिरे माइक्रो फाइनान्सका शेयरधनीले १० प्रतिशत कमाएका छन्। हिमालयन डिस्टिलरिका शेयरधानीले सबैभन्दा बढि करिव चार प्रतिशत गुमाएका छन्।

Tata
GBIME
Nepal Life