काम नगर्नेलार्इ पक्रन थालेपछि गृहमन्त्री थापा भेट्न पुगे निर्माण व्यवसायी

बिजमाण्डू
२०७५ जेठ ७ गते १७:३७ | May 21, 2018

काठमाडौं।गृहमन्त्री रामबहादुर थापाले कसैले चन्दा मागे तत्काल गृह प्रशासनमा खबर गर्न निर्माण व्यवसायीलार्इ आग्रह गरेका छन्।नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिमण्डलसँगको भेटमा उनले यो आग्रह गरेका हुन्।

Tata
GBIME
Nepal Life

थापाले भने, “तपाईहरुसँग कसैले चन्दा माग्छ भने चन्दा नदिई गृह प्रशासनमा खबर गर्नुहोस्, सरकारले सुरक्षाको पूर्ण ग्यारेण्टी दिनेछ।” उनले व्यवसायीहरुलाई अनावश्यक दुख दिने सरकारी कर्मचारीलाई समेत कार्वाही गर्न सरकार तयार रहेको बताए। थापाले व्यवसायीहरुलाई इमान्दार भएर काम गर्न निर्देशन दिँदै अनियमितता गर्ने छुट कसैलाई नदिइने प्रष्ट पारे।

 जनताले दिएको मतको कदर गर्दै विकास र समृद्धिको नारालाई वर्तमान सरकारले सार्थक रुप दिएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्दे मन्त्री थापाले भने, “यो हुकुमी शासन होइन, तपाईहरु इमान्दार भएर ढुक्कसँग काम गर्नुहोस् । ” महासंघ अध्यक्ष विष्णुभाई श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलले व्यवसायीहरुले भोग्दै आएका समस्या अवगत गराए । प्रतिनिधिमण्डलले विनाशकारी भूकम्प, मधेश आन्दोलन तथा नाकाबन्दीले गर्दा निर्माण कार्य रोकिएको कारण समयमै कार्य सम्पन्न नभएको अवस्थामा एक वर्ष म्याद थप भए देशभर संचालनमा रहेका अधिकांश निर्माण आयोजनाहरुको काम समयमा नै सम्पन्न गर्ने प्रतिवद्धता जनाए।