असार १ गते भृकुटीमण्डपमा घरजग्गा मेला, सस्तो मूल्यमा घर बिक्री गर्ने

बिजमाण्डू
२०७५ जेठ ८ गते १०:४१ | May 22, 2018

काठमाडौं।सबै नागरिकको पहुँचमा सस्तो र सुरक्षित आवास पुर्या्उने उदेश्यसहित असार १ गतेदेखि ५ गतेसम्म भृकुटीमण्डपमा घरजग्गा मेला हुने भएको छ।

Tata
GBIME
Nepal Life

नेपाल आवास तथा जग्गा विकास संघको आयोजनामा हुने मेलामा भूकम्प प्रतिरोधी घर तथा अपार्टमेण्ट, जग्गा योजना तथा विकास, निर्माण सामग्रीका उत्पादक तथा विक्रेता, ईन्जिनियरिङ्ग तथा आर्किटेक्चर कन्सल्ट्यान्टका साथै बैंक र बीमा कम्पनीहरु गरि १५० वटा स्टलहरु रहनेछन्।मेला आयोजक समितिका अध्यक्ष विपिन चित्रकारले घर निर्माणमा पछिल्लो समयम भित्रिएका सस्ता प्रविधि मेलामा रहने बताए।

‘पछिल्लो समयमा घर निर्माणका लागि आवश्यक सस्ता सामाग्री आएका छन्’उनले भने,त्यस्ता प्रविधिप्रति उपभोक्ताको पनि बढी चासो छ।त्यसैले हामीले त्यसलार्इ बढी केन्द्रित गरेका छौं।‘त्यो वाहेक इन्डिभिज्युल होम र अपार्टमेन्ट समेत बिक्रीमा राखिनेछ।पछिल्लो समयमा घरजग्गाको कारोबारमा मन्दी आएको छ।यो मन्दीका बीचमा समेत इन्डिभिज्युल होमहरु निर्माण गरेर बिक्री गर्ने क्रम बढेको छ।विभिन्न जग्गा तथा आवास कम्पनीले इन्डिभिज्युल होम निर्माण गरेर बिक्री गर्दै आएका छन्।संघका अध्यक्ष इच्छाराज तामाङले मेलामा सुलभ मूल्यमा घर बिक्री गरिने बताए।