कैलालीको मुनुवामा ग्लोबल आइएमई बैंकको ८४ औँ शाखारहित बैंकिङ्ग सेवा सुरु

बिजमाण्डू
२०७५ जेठ ८ गते १४:५७ | May 22, 2018

काठमाडौं। ग्लोबल आइएमई बैंकले जेठ ८ गतेदेखि कैलालीको जानकी गाउँपालिका ४,  मुनुवामा ८४ औँ शाखारहित बैंकिङ सेवा सुरु गरेको छ।

Tata
GBIME
Nepal Life


 
जानकी गाउँपालिका प्रमुख प्रदिप कुमार चौधरी र ग्लोबल आइएमई बैंकको सिनियर जनसम्पर्क म्यानेजर स्वेच्छा राणाले शाखा रहित बैंकिङ सेवाको संयुक्त रुपमा उद्घाटन गरेका छन्।
 
शाखा रहित बैंकिङ सेवाको लागि स्थानीय अनुप कुमार रावतलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ।
 
कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेका यो क्षेत्रका बासिन्दाले बैंकिङ सेवा उपभोग गर्नका लागि टाढासम्म पुग्नुपर्ने बाध्यताको अन्त्य भएको बैंकले जनाएको छ।
 
ग्लोबल आइएमई बैंकले १२९ शाखा, १३१ एटिएम,  ४ एक्सटेन्सन काउण्टर, १४ वटा राजस्व संकलन काउण्टर,  ८४ शाखा रहित बैंकिङ् सेवा र ३ वटा प्रतिनिधि सम्पर्क कार्यालय माफर्त ९ लाख भन्दा बढि ग्राहकहरुलाई सेवा दिदै आएको छ।
 
त्यस्तै बैंकले अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि सम्पर्क कार्यालय तथा कतार मलेसिया दक्षिण कोरिया लगायतका देशमा रेमिट्यान्स सेवा सुरु गरेर सेवा दिदै आएको छ।