कलंकी-महाराजगञ्ज खण्डमा सडकमा परेका संरचना हटाउन १५ दिनको म्याद, अटेर गरे डोजर लगाइने

बिजमाण्डू
२०७५ जेठ ८ गते १५:२५ | May 22, 2018

काठमाडौं। काठमाडौं चक्रपथ सुधार आयोजनाले दोस्रो खण्डको कलंकीदेखि महाराजगञ्जसम्म सडक सीमामा पर्ने संरचनाहरु १५ दिनभित्र हटाउनकालागि सार्वजनिक सूचना जारी गरेको छ।

आयोजनाले सडकमा परेका घरटहरा भत्काउन  अटेर गरे  सार्वजनिक सडक ऐन २०३१ को दफा १८ बमोजिम ‘रार्इट अफ वे’ खाली गर्ने नियमानुसार काठमाडौं उपत्यका विकास प्राधिकरण,जिल्ला आयुक्तको कार्यालयबाट हटाइने उल्लेख गरिएको छ।

Tata
GBIME
Nepal Life

वैदेशिक समन्वय महाशाखा प्रमुख सञ्जय कुमार श्रेष्ठले ढल,खानेपानी,प्राधिकरण,टेलिकम लगाएतका निकायलार्इ समेत सार्इट क्लियर गरेर सहयोग गरिदिन पत्राचार गरिसकेको जानकारी दिए।

साइट क्लियर भएलगत्तै विस्तार र निर्माण कार्य थाल्ने चीनियाँ पक्षले बताएपछि साइट क्लियरको काम अघि बढाएको वैदेशिक समन्वय महाशाखाले जनाएको छ । महाशाखाका अनुसार साउन मसान्तसम्म साइट क्लियर गरिसक्ने र भदौबाट काम अघि बढाउने तैयारी भैरहेको छ।भदौबाट का सुरु गरी २६ महिनामा पुरा गर्ने लक्ष्य रहेको समन्वय महाशाखा प्रमुख श्रेष्ठले जानकारी दिए।

चीनकै सहयोगमा कोटेश्वर-कलंकी पहिलो खण्ड अन्तिम चरणमा पुगेका बेला दोस्रो खण्डको काम अघि बढाउन लागिएको हो। नेपाल र चीन सरकारको  द्धिपक्षिय सम्झौता गरेर निर्माण कार्य अघि बढाउन लागिएको हो। करिव ८.६ किमीको यो खण्ड विस्तारका लागि करिव  ६ अर्व लागत लाग्ने अनुमान गरिएको छ।जसमा चीन सरकारको पुर्ण अनुदान रहने छ। ५० मिटरको सडक ८ लेनमा विस्तार हुनेछ।

महाशाखा प्रमुख श्रेष्ठका अनुसार पहिलो खण्डको चक्रपथकै स्टयाण्डर्डमा बनाउन लागिएको भएपनि केही फरक हुनेछ। यात्रुको सुरक्षालार्इ ध्यान दिर्इने तर यसमा यात्रु सुरक्षा र सहजताका लागि केहि स्ट्रक्चर थपिने छ। चीनियाँ प्राविधिकहरुले डिजाइनमा काम गरिरहेको महाशाखाले जनाएको छ।

महाराजगञ्जमा कलंकीको जस्तै अण्डरपास वे बनाउने विषयमा समेत छलफल भैरहेको महाशाखा प्रमुख श्रेष्टले जानकारी दिए।उनका अनुसार  ट्राफिक व्यवस्थापनका लागि अण्डरपास वे बनाउनुपर्ने देखिएको छ तर यसबारे  निर्णय भने भैसकेको छैन।

संगै तेस्रो खण्ड महाराजगञ्ज-कोटेश्वर खण्डको काम अघि बढाउने तैयारी भैरहेको महाशाखाले जनाएको छ। यो करिव साढे ८ किमी लामो खण्ड हो। अहिले यो खण्डको सर्भे र डिपिआरको काम भैरहेको महाशाखाले जनाएको छ। करिव ४ बर्षमा पुरै चक्रपथ ८ लेनको बनाइसक्ने लक्ष्य लिर्इएको छ।