४ अंकले घटेको शेयर बजारमा ५३ करोडको कारोबार, ३३%ले कारोबार बढाउन इन्भेष्टमेन्ट बैंकको हात

बिजमाण्डू
२०७५ जेठ ८ गते १५:५८ | May 22, 2018

काठमाडौं। कारोबारमा आएका नौ उपसूचकमा ६ उपसूचकमा गिरावट आउँदा मंगलबार शेयर बजार घटेको छ। मंगलबार कारोबार मापक सूचक घटेपनि कारोबार रकम उल्लेख्य बढेको छ। मंगलबार कारोवारको सुरुवातको केही मिनेट एक अंक बढेको बजार त्यसपछि भने लगातार घटेको थियो।

Tata
GBIME
Nepal Life

नेपाल स्टक एक्सचेन्ज(नेप्से)को कारोबार मापक सूचक ४.३१ अंकले घटेर १३३२.८२ अंकमा ओर्लिएको छ। क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स एक अंकले घटेर २८१.११ अंकमा झरेको छ।

मंगलबार १५५ कम्पनीका ५३ करोड रुपैयाँ बराबरका शेयर कारोबार भयो। सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक शेयरको कारोबार भयो।
२२ करोड २४ लाख रुपैयाँको बैंकको संस्थापक शेयर कारोबारलेनै मंगलबारको कारोबार रकम बढाउन टेवा पुर्याएको हो।

अघिल्लो दिनको तुलनामा कारोबार रकम ३३ प्रतिशत बढी हो। सोमबार १६३ कम्पनीका आठ लाख कित्ता शेयर ३५ करोड ५४ लाख रुपैयाँमा कारोवार भएको थियो।

उपसूचकमा ६ समुह घटेका छन्। बैक ४.१४, विकास बैक ७.२, जलविद्युत ३.९३, फाइनान्स १.५६, वीमा २४.४५, अन्य ५.३५, अंकले घटेका छन्। होटल २.९३, उत्पादन मुलक ५.८५, र लघुवित्त ५.७५, अंकले बढेका छन्।

मंगलबार सुर्योदय लघुवित्तका शेयरधनीले सबैभन्दा बढी करिव १० प्रतिशत कमाए।सेन्ट्रल फाइनान्सका शेयरधनीले सबैभन्दा बढी करिब सात प्रतिशत गुमाए।