अझै सुरु भएन मार्जिन ट्रेडिङको कारोबार, नेप्सेले थाल्यो राष्ट्र बैंकबाट स्वीकृति लिने तयारी

बिजमाण्डू
२०७५ जेठ ८ गते १६:५४ | May 22, 2018

काठमाडौं।मार्जिन ट्रेडिङको कारोबार सुरु हुन थप समय लाग्ने भएको छ। मार्जिन ट्रेडिङको कारोबार सुरु गर्न नेपाल राष्ट्र बैकको स्वीकृति लिनुपर्ने प्रावधान अनुसार नेपाल स्टक एक्सचेन्जले कारोबार सुरु गर्नुअघि राष्ट्र बैंकसँग स्वीकृति लिने जनाएको छ।

Tata
GBIME
Nepal Life

नेपाल धितोपत्र वोर्डले गत जेठ चार गते मार्जिन ट्रेडिङको कार्यविधि पास गरेको थियो। कार्यविधि पास गर्दै बोर्डले "मार्जिन ट्रेडिङ कारोबार सेवा सुरु गर्न नेपाल राष्ट्र बैंकको स्वीकृति आवश्यक भए स्वीकृति लिएर कार्यान्वयन गर्नु" भन्ने निर्देशन नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई दिएको थियो।

बोर्डको सोही निर्देशन अनुसार नेप्सेले नेपाल राष्ट्र बैंक एन २०५८ को दफा ७६ को उप दफा एक अनुसार स्वीकृति लिएर मात्र मार्जिन सेवा सुरु गर्ने जनाएको छ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ७६ मा निक्षेप लिन वा कर्जा दिन बैंकको स्वीकृति लिनुपर्ने प्रावधान छ।उक्त दफाको उप दफा "एकमा कुनै पनि व्यक्ति, फर्म, कम्पनी वा संस्थाले कुनै पनि प्रकारको निक्षेप लिन वा कर्जा दिन बैंकबाट तोकिए बमोजिम स्वीकृति लिनु पर्नेछ " भनिएको छ।

यही प्रावधान अनुसार नेप्सेले केन्द्रीय बैंकको स्वीकृति लिन लागेको हो।  प्रावधान अनुसार केन्द्रीय बैंकले केही निश्चित कम्पनी फर्महरूलाई निश्चित रकम कर्जा दिन अनुमति दिइसकेको छ। 'नयाँ गाडी खरिद गर्दा खरिदकर्ताले बिक्रीकर्ताबाटै ऋण पाउँदै आएका छन्। सोही आधारमा नेप्सेले पनि स्वीकृति पाउनेछ'- नेप्सेका एक अधिकारीले बिजमाण्डूलाई बताए।