रैराङ हाइड्रोपावर डेभलपमेन्टको प्राथमिक शेयर बाँडफाँड आज, तपाईंलाई पनि पर्यो कि?

बिजमाण्डू
२०७५ जेठ ९ गते ११:२९ | May 23, 2018

काठमाडौं।रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले निष्कासन गरेको प्राथमिक शेयर आज बाँडफाँड भएको छ। बाँडफाँडमा ७६ हजार चार सय ४० आवेदकले १० कित्ताका दरले शेयर पाएका छन्।

Tata
GBIME
Nepal Life

कम्पनीले निष्कासन गरेको शेयरकालागि कुल एक लाख ७५ हजार चार सय ७२ आवेदक थिए जसमा एक सय ९४ आवेदन रद्द भएको थियो। बाँकी रहेका एक लाख ७५ हजार चार सय ७२ आवेदकलाई गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको एनआइविएलएस क्यापिटलले जनाएको छ।

कम्पनीले गत बैशाख ३१ देखि ८ लाख ४० हजार कित्ता आइपिओ निष्कासन गरेको थियो। प्रति साधारण शेयर १०० रुपैयाँको दरमा ८ लाख ४० हजार कित्तामध्ये कर्मचारीहरुकालागि ३३ हजार ६ सय र ४२ हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्टाइएको थियो भने बाँकी ७ लाख ६४ हजार कित्ता सर्वसाधारणका लागि खुला गरिएको थियो।