शेयर बजार निरन्तर झरे पनि घट्ने अन्तर सामान्य, किन सुस्त चालमा झरिरहेको छ बजार?

बिजमाण्डू
२०७५ जेठ ९ गते १५:३४ | May 23, 2018
शेयर बजार निरन्तर झरे पनि घट्ने अन्तर सामान्य, किन सुस्त चालमा झरिरहेको छ बजार?
काठमाण्डौं। शेयर बजार घट्ने क्रमले बुधबार पनि निरन्तरता पाएको छ। हरेक दिन सानो अन्तरले बजार घटिरहेको छ। यो साताको आइतबारदेखि आजसम्म सुचक ११.३८ अंकले मात्रै घटेको छ।


 
बुधवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोवार मापक सूचक ४.५५ अंकले घटेर १३२८.२७ अंकमा ओर्लिएको छ। पछिल्लो समय शेयर बजारले आगामी आर्थिक बर्षको बजेटलाई कुरेका कारण बजार स्थिर जस्तो देखिएको इन्भेष्टर फोरमका पूर्वअध्यक्ष डा. आत्माराम घिमिरेले बताए। पछिल्लो समय लगानीकर्ताले आगामी बजेटमा आउने पूँजी बजार सम्वन्धि नितिगत कुरालाई पर्खिरहेको उनको तर्क छ। 
 
बुधवार शेयर कारोवार रकममा उलेख्य गिरावट आएको छ। १६१ कम्पनीका २९ करोड ६३ लाख रुपैयाँ बराबरको शेयर खरीद बिक्री भएको छ। अघिल्लो दिनको तुलनामा कारोवार रकम ४५ प्रतिशत कम हो। अघिल्लो दिन मंगलवार बजारमा ५३ करोड रुपैयाँ बराबरको कारोवार भएको थियो। बुधवार सवैभन्दा बढि कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैकको एक करोड ८९ लाख रुपैयाँ वरावरको कारोवार भयो। 
 
उपसूचक मिस्रित देखिएका छन्। बुधवार मिथिला लघुवित्त विकास बैकका शेयरधनीले सवैभन्दा बढि १० प्रतिशत कमाए। पोखरा फाइनान्सका संस्थापक शेयरधीले सबैभन्दा बढि करिव १० प्रतिशतनै गुमाए। 

Tata
GBIME
Nepal Life